पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका पर्वत जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् । जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर
धिरेन्द्रकुमार चौधरी बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रले भरिएको छ । यहाँ धान बाली, मकै तोरी बाली कृषकहरूले खेतमा लगाउने प्रमुख बालिको रुपमा रहेको छ । यस बाहेक यहाँ खाद्यान्नका लागि बिभिन्न बाली लगाउने गरिएको छ । यहाँका कृषकहरूको आम्दानीको श्रोत पशुपालन रहेको छ । यस क्षेत्रमा गाई, बाख्रा पालन कृषकहरूले गर्दै आएका छन् ।बराहक्षेत्र नगरपालिका कार्यालय कृषि शाखाकी कर्मचारी शकुन्तला पौडेलका अनुसार ५० प्रतिशत अनुदान रकममा यहाँका कृषकलाई पावर टिलर ३८, मिनि पावर टिलर ४१, धान काट्ने मेसिन १९ थान र मकै छोडाउने मेशिन ३१ थान वितरण गरिएको छ । यहाँका कृषक समूह र सहकारी संस्थामा वितर
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।“बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उनले भने । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटे
कास्की । पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई पाँच लाखका दरले अनुदान वितरण गरेका हुन् । ‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदानप्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा–१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा–१८, लगनशील बाख्रापालन क
कुमोद अधिकारी विराटनगर । कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगरको तेश्रो चौमासिक तथा बार्षिक समीक्षा गोष्ठि विराटनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको गोष्ठिमा सो कार्यालय अन्तर्गत प्रदेश १ का १४ वटा जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्बन्धि प्रयोगशालाहरुले गत आर्थिक बर्षमा गरेको काम तथा प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले कार्यालयले गत आर्थिक बर्षमा ८७ दशमलव ७३ प्रतिशत भारित प्रगती तथा ८० दशमलव ८३ प्रतिशत वित्तीय प्रगती हासिल गरेको बताए । गतवर्ष संचालित कार्यक्रमबाट ३७ हजार २ सय ६४ किसान लाभान्वित भएको उनल
रुकुम । लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो १०० का दरले लसुन बिक्री गर्न चाहन्छन् । एक किलोको १०० मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उहाँको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अ
धिरेन्द्रकुमार चौधरी रामधुनी । यतिबेला किसानलाई धान खेत रोपाइको चटारो परेको छ । अत्यन्त प्रचण्ड गर्मीमा किसान खेती रोपाइमा ब्यस्त रहेका छन् । जेठ महिनाको अन्तिम देखि असार, साउन महिनासम्म किसान धान खेतमा ब्यस्त हुन्छन् । शुरुमा बिउ धानको ब्याड लगाउछन् । बिउको २० दिन वा एक महिना भएपछि खेत तयारी गर्न लाग्छन् ।खेत तयारी गर्न पानी लगाउने, खनजोत गर्ने, आलि बनाउने काम पुरुषले गर्दै आएका छन् भने महिलाले धान रोपाइको काम गर्छन् । कतै कतै पुरुषले समेत रोपाइको काम गर्ने गर्छन् । किसानले आधुनिक मेसिन पावर टिलार, ट्रयाक्टर, रोटाभेटरबाट खेत जोत्ने गर्छन् ।कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव रहेको किसानहरु
दीपक कार्कीधनकुटा । लोप हुदै गएको पञ्चे बाजाका साथमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यतामा धान रोपेर कृषि अनुसन्धान केन्द्र पाख्रिबासले १९ औं राष्ट्रिय धान दिवस मनाएको छ ।नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रिबासले धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग भन्ने मुल नाराका साथ केन्द्रको कार्यक्षेत्र स्थित साउथ क्षेत्रमा प्रमुख अतिथि, अतिथि लगायतले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइएको हो ।खेतमा काम गरी दहीच्युरा खाएर धान रोप्ने दिनका
इटहरी । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक क्षिक्षालय इटहरी सुनसरीले वुधवार राष्ट्रिय धान दिवसका असरमा आफ्नै खेतमा डिप्लोमा इन प्लान्ट साइन्सका बिद्यार्थीहरुको अग्रसरतमा धान रोपेर धान दिवस मनाएको छ ।इटहरीको एक मात्र प्राविधिक बिषयमात्र अध्यापन गराउने शिक्षालयले आयोजना गरेको धान दिवस कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष उमेश सुवेदी, प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बराल, संस्थाका प्राचार्य अर्जुन उप्रेती सहित स्थानीय समुदायको समेत सहभागितमा बिउ उखेल्ने, बाहुसे गर्ने, आली लगाउने, धान रोप्ने, राँगाले जोत्ने र पटाहा लगाउने काम सँगसँगै सञ्चालन गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरप
धिरेन्द्रकुमार चौधरी रामधुनी: सुनसरीको रामधुनी नगरपालिका कार्यालय कृषि बिकास शाखाले कृषिमा आधुनिकीकरण गर्नका लागि सहकारी संस्था, समूह र कृषकलाई कृषि यन्त्र, उपकरण र औजार ५० प्रतिशत अनुदानमा बितरण गरेको छ ।कृषकलाई औजार हस्तान्तरण कार्यक्रममा २५ वटा पावर टिलर, ४८ वटा डिजि टल काँटा, बितरण गरिएको कृषि बिकास शाखाले जनाएको छ । कार्यक्रममा रामधुनी नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाले किसानलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा नगर प्रमुख चौधरीले कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नगरले लिएको अबधारणाअनुसार औजार बितरण गरीएको बताउनुभयो ।उहाले यस औजार बाट किसानले अत्यधिक