रामधुनी नगरपालिकाद्वारा नगर क्षेत्र कृषकलाई कृषि औजार वितरण

  • असार १३, २०७९ / नेपाल रेखा
alt

धिरेन्द्रकुमार चौधरी
रामधुनी: सुनसरीको रामधुनी नगरपालिका कार्यालय कृषि बिकास शाखाले कृषिमा आधुनिकीकरण गर्नका लागि सहकारी संस्था, समूह र कृषकलाई कृषि यन्त्र, उपकरण र औजार ५० प्रतिशत अनुदानमा बितरण गरेको छ ।
कृषकलाई औजार हस्तान्तरण कार्यक्रममा २५ वटा पावर टिलर, ४८ वटा डिजि टल काँटा, बितरण गरिएको कृषि बिकास शाखाले जनाएको छ । कार्यक्रममा रामधुनी नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाले किसानलाई सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा नगर प्रमुख चौधरीले कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नगरले लिएको अबधारणाअनुसार औजार बितरण गरीएको बताउनुभयो ।उहाले यस औजार बाट किसानले अत्यधिक लाभ लिनसक्नु पर्ने आशा ब्यक्त गर्दै आगामी दिनमा समेत कृषकलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
श्रमजीवी कृषक समूह रामधुनी–२ का हरिनारायण चौधरीले किसान पछाडि परेकोले हरेक क्षेत्रमा किसानको स्तर उन्नति गर्न सहयोग पुर्याउनु पर्ने धारणा राखे ।
मिनि टयाक्टर पावर टिलर पाउनेमा रामधुनी–१ मा रहेको दहन कृषि फर्म, कल्पना चौधरी, रामधुनी–२ का अनुकुमारी चौधरी, कुल्दिप चौधरी, शुसिला चौधरी, एमपी कृषि तथा पशुपालन, बिरेन्द्रप्रसाद चौधरी, समृद्धि कृषक समूह रहेको छ ।
रामधुनी–३ का बलकराम चौधरी, सौरभ बहुउद्देश्यीय कृषि, कमलनारायण चौधरी, नव युवा कृषि फर्म रामधुनी–६ का काशबती धामी, सिर्जनसिल महिला समूह रामधुनी–७ का शशीकुमार राई रहेका छन् ।
रामधुनी–८ का प्रेमकुमार चौधरी, देबि थान कृषि बहुउद्देश्यीय, न्यु ढकाल कृषि फर्म, गौरीशंकर कृषि फर्म र रामधुनी–९ का साना कृषि फर्म प्रालि, डुम्राहा कृषक समूह, प्रदिपकुमार चौधरी, लक्ष्मी नारायण चौधरी, भरत लाल चौधरी लगायत रहेका छन् ।
यसैगरी रामधुनीको आयोजनामा सोमबार नै भएको कार्यक्रममा साना ब्यबसायी पकेट बिकास कार्यक्रम धानबाली अन्तर्गत श्री महाशक्ति कृषि सहकारी संस्था रामधुनी–४ लालपुरले विभिन्न कृषि औजार प्राप्त गरेको छ । संस्थाका ब्यबस्थापक शंकरराज चौलागाईंले ५० प्रतिशत अनुदानमा २५ थान स्प्रे, दुई वटा पावर टिलर, दुई वटा डिजिटल काटा, एक थान धानको बिउ चाल्ने मेसिन र एक थान धान काट्ने मेसिन प्राप्त गरेको बताए । उनले संस्थामा तीन सय ७० जना शेयर सदस्य रहेको र संस्थामा आवद्ध कृषकले धानको बिउ उत्पादन गर्दै आएको जानकारी दिए ।
कृषि बिकास शाखा रामधुनीका प्रमुख तुलसी चौधरीले आ.ब.२०७८÷२०७९ नपाको बजेट र कार्यक्रम अनुसार कृषि सामग्री बितरण गरिएको बताए । कार्यक्रम शाखाकी कृषि प्राबिधिक दुर्गा सापकोटाले संचालन गरेकी थिइन् । पावर टिलर पाउनेहरु बिरेन्द्र चौधरी, लक्ष्मी नारायण चौधरी, नारायण चौधरी लगायतले खेती गर्न सजिलो हुने धारणा राखे ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]