प्रदेश १ मा कृषि लक्षित कार्यक्रमबाट ३७ हजार किसानले लाभ लिए

  • साउन १९, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगरको तेश्रो चौमासिक तथा बार्षिक समीक्षा गोष्ठि विराटनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको गोष्ठिमा सो कार्यालय अन्तर्गत प्रदेश १ का १४ वटा जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्बन्धि प्रयोगशालाहरुले गत आर्थिक बर्षमा गरेको काम तथा प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले कार्यालयले गत आर्थिक बर्षमा ८७ दशमलव ७३ प्रतिशत भारित प्रगती तथा ८० दशमलव ८३ प्रतिशत वित्तीय प्रगती हासिल गरेको बताए ।
    गतवर्ष संचालित कार्यक्रमबाट ३७ हजार २ सय ६४ किसान लाभान्वित भएको उनले जानकारी दिदै त्यस मध्ये २० हजार २ सय १३ पुरुष तथा १७ हजार ५१ म्हिला रहेको बताए । उनले प्रस्तुत गरेको कार्यपत्रमा गत आर्थिक बर्ष सो कार्यालयले प्रदेश १ मा ६४ वटा फलफुल वगैचाको व्यवस्थापन सुद्धिढिकरण, १८ हेक्टर थप वगैचा विस्तार, ७१ व्टा नयाँ वगैचा स्थापना, थप ७५ हेक्टरमा कफि खेती विस्तार, १० जिल्लामा माटो परिक्षण शिविर संचालन, ६४ वटा सुन्तला वजैचाको सुद्धिढिकरण, ७ सय ६२ स्थानमा वालि क्रस कटिङ सम्पन्न गरेको छ ।
    त्यस्तै मकै उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत सात हेक्टरमा मकैखेती विस्तार कागती खेती मिशन कार्यक्रम अन्र्तगत ४५ हेक्टरमा कागती खेती थप विस्तार किवि खेती विस्तार, ६ वटा अलैची सुकाउने सुधारिएको भट्टि निर्माण, १६ वटा कृषि बजार तथा संकलन केन्द्र निर्माण, एक पालिका एक नर्सरी कार्यक्रम विस्तार, प्रांगरिक मल प्रवद्र्धन कार्यक्रम, वालि विशेष भण्डारण निर्माण तथा चक्ला बन्दी खेती विस्तार साथै युवा लक्षित च्याउ, मह तथा तरकारी उत्पादन कार्यक्रम संचालन गरेको जनाएको छ ।
    कार्यक्रममा बोदै प्रदेश नं. १ का कृषि मंन्त्री झलकबहादुर मगरले सिमित श्रोत साधनका वावजुद पनि कृषि विकास निर्देशनालय तथा त्यस अन्तर्गत रहेका कृषि ज्ञान केन्द्रहरुले उल्लेखनीय काम गरेको बताए ।
    कृषि पेशा प्रति नयाँ आउने युवा पुस्ताहरुलाई आकर्षित गराउन विद्यालय स्तरका पुस्तकहरुमा कृषि सम्बन्धि चेतना वढाउने विषयहरु सममावेश हुनुपर्नेमा उनले जोड दिए । किसान र कृषि पेशालाई वढावा दिन सरकारले कृषिमा अनुदान दिएको भन्दै कृषि अनुदान लक्षित वर्गमा पुर्याएर पारदर्शी वनाउनु पर्ने उनले वताए । उनले रसायनिक मलको विकल्पको रुपमा प्रागंरिक मल उत्पादनलाई वढावा दिन आग्रह गरे ।
    प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोकसामले मेहनत गरेर किसानले उत्पादन गरेको वस्तुले सहि रुपमा वजार पाउन नसकिरहेको अवस्थामा उत्पादित वस्तुको सहज वजारीकरण गरेर किसानको श्रमको सहि मूल्याकंन हुनुपर्ने वताए ।
    कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले, कृषि यान्त्रीकरणमा जोड दिदै उन्नत विउको प्रयोग एंव प्रविधिको विकाससंगै कृषिमा व्यवसायिकरण आवश्यक रहेको बताए । साना, मझौला तथा ठुला कृषिफर्महरुको पहिचान गरि अनुदान वितरण गर्न सके अनुदान वास्तविक किसानहरुले पाउने उनको भनाई थियो । वाढि पहिरो तथा कटानका कारण कृषिवालीमा ठुलो क्षति हुने गरेकाले कृषि विमा कार्यक्रमलाई थप विस्तार गर्नेु आवश्यक रहेको उनको भनाई थियो ।
    कृषि अनुसन्धान केन्द्र तरहराका निर्देशक केशव श्रेष्ठ तथा कृषि मन्त्रालय अनुगमन मूल्यांकन महाशाखा प्रदेस १ का प्रमुख पशुपती पोखरेलले कृषि उत्पादनमा जोड दिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]