बराहक्षेत्र नगरपालिकाद्वारा किसानलाई कृषि औजार वितरण

  • साउन २९, २०७९ / नेपाल रेखा
alt

  • धिरेन्द्रकुमार चौधरी
    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रले भरिएको छ । यहाँ धान बाली, मकै तोरी बाली कृषकहरूले खेतमा लगाउने प्रमुख बालिको रुपमा रहेको छ । यस बाहेक यहाँ खाद्यान्नका लागि बिभिन्न बाली लगाउने गरिएको छ । यहाँका कृषकहरूको आम्दानीको श्रोत पशुपालन रहेको छ । यस क्षेत्रमा गाई, बाख्रा पालन कृषकहरूले गर्दै आएका छन् ।
    बराहक्षेत्र नगरपालिका कार्यालय कृषि शाखाकी कर्मचारी शकुन्तला पौडेलका अनुसार ५० प्रतिशत अनुदान रकममा यहाँका कृषकलाई पावर टिलर ३८, मिनि पावर टिलर ४१, धान काट्ने मेसिन १९ थान र मकै छोडाउने मेशिन ३१ थान वितरण गरिएको छ । यहाँका कृषक समूह र सहकारी संस्थामा वितरण गरिएको बताइएको छ ।
    बराहक्षेत्र निवासी इन्दिरा भट्टराईले ५० प्रतिशत अनुदान रकममा मकै छोडाउने मेशिन पाएको बताइन् । उनले बिगतदेखि दुई बिगाहा जग्गामा मकै खेती गर्दै आएकोमा मेशिन पाएपछि मकै छोडाउन सजिलो हुने धारणा राखिन् ।
    बराहक्षेत्र नगरपालिकाले आर्थिक बर्ष २०७८।०७९ को कार्यक्रम अनुसार किसानलाई कृषि औजार वितरण गरिएको जनाएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले कृषि क्षेत्रमा बिकास गर्नका लागि कृषि औजार वितरण गरिएको बताए । उनले कृषि औजार खरिदको लागत रकम पौने चार करोड रुपैया रहेको जानकारी दिए ।

kirsi aujar bitaran

 

 

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]