प्लान्ट साइन्सका बिद्यार्थी र शिक्षकले धान रोप्दै धान दिवस मनाए

  • असार १५, २०७९ / नेपाल रेखा
alt

इटहरी । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक क्षिक्षालय इटहरी सुनसरीले वुधवार राष्ट्रिय धान दिवसका असरमा आफ्नै खेतमा डिप्लोमा इन प्लान्ट साइन्सका बिद्यार्थीहरुको अग्रसरतमा धान रोपेर धान दिवस मनाएको छ ।
इटहरीको एक मात्र प्राविधिक बिषयमात्र अध्यापन गराउने शिक्षालयले आयोजना गरेको धान दिवस कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष उमेश सुवेदी, प्रतिष्ठानका अध्यक्ष एकचन्द्र बराल, संस्थाका प्राचार्य अर्जुन उप्रेती सहित स्थानीय समुदायको समेत सहभागितमा बिउ उखेल्ने, बाहुसे गर्ने, आली लगाउने, धान रोप्ने, राँगाले जोत्ने र पटाहा लगाउने काम सँगसँगै सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष उमेश सुवेदीले नेपाल कृषि प्रधान देश भएपनि कृषि उत्पादनमा मानिसहरुले खासै चासो दिन छोडको, जग्गा प्लटिड.ले खण्डीकरण गर्र्दै गएको, परम्परागत तरीकालेनै आजका दिनसम्म पनि खेती गर्दै आइएको हुनाले अहिले नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रविधिमैत्री भएर कृषिमा क्रान्ति गर्न आह्वान गर्दै त्यसकालागि आफू मसेत सहयोगिको भूमिका खेल्न तयार रहेको बताए । उनले वडा नं. ३ मा कोही पनि मानिसहरु आफूहरुले सामुहिक खेति लागेको भन्दै वडामा आउनु भएमा वडा कार्यालयले सहयोग गर्ने नीति रहेको स्पष्ट पारे ।
कार्यक्रममा संस्थाका अध्यक्ष एकचन्द्र बरालले नेपालमा कृषि मन्त्रालयले किसानहरु साह्रै हेपिए, उनीहरुको सम्मान नै भएन भन्दै बि.सं.२०६१ सालदेखि नेपालमा धान दिवस मनाउना थालिएको हो भन्ने जानकारी दिदै बिश्वमै सबै भन्दा पहिला चीनले सन् ७० को दशकमा धानको बर्ण शंकर प्रजातीको उत्पादन सुरु गरेको र हाल चीन बिश्वमै थोरै क्षेत्रफलमै सबै भन्दा धेरै धान फलाउने देश हो भने । धान रोप्ने कार्यक्रममा स्थानीय महिला, आदिबासी थारु समुदायका सदस्यहरु र कलेजका प्रशिक्षक तथा बिद्यार्थीहरुले धान रोपि सकेपछि सामुहिक रुपमा दहिच्युरा खादै असार १५ समेत मनाएका थिए ।

1 7 2 5 3 7 4 3

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]