राजनीति

    Showing १-१० of २१६ items.
  • आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ – सांसद पुन

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौ

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १६१ पटक पढिएको
    • नेपाल रेखा
  • तारासँग उज्यालो भविष्यको भरोसा – रामकुमारी चौधरीको जनतासामु प्रतिबद्धता

    इटहरी । सुनसरीको , क्षेत्र नं. २ – राष्ट्रिय स्वाधिनता, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारासहित नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी चौधरी चुनावी मैदानमा उत्रिएर मत मागिरहेकी छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘तारा’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउन उनले सुनसरी–२ का मतदातासँग अपिल गरेकी छन् ।बलिदानको सम्मान, उपलब्धिको रक्षा – चौधरीले २००७ सालदेखि ०६२–०६३ को ऐतिहासिक जनआन्दोलनसम्म नेपाली जनताले गरेका त्याग, तपस्या र बलिदानको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुप

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ३२८ पटक पढिएको
    • नेपाल रेखा
  • नेकपाको सिफारिससँगै सुनसरी–२ मा रामकुमारी चौधरी चर्चाको केन्द्रमा

    इटहरी । सुनसरीको राजनीतिक वृत्तमा अहिले एक नाम सबैभन्दा धेरै चर्चामा छ–रामकुमारी चौधरी (रोजिना) । जनयुद्धको सुरुवाती दिनदेखि नै सुनसरीमा पार्टी नेतृत्व गर्दै आएकी चौधरीलाई आगामी संघीय निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारका रूपमा सिफारिस गरिएपछि स्थानीय राजनीतिमा थप चहलपहल बढेको छ ।पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने संघीय निर्वाचनका लागि सुनसरीका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्ने क्रममा चौधरीलाई प्रमुख दाबेदारका रूपमा अघि सारेको हो । सुनसरी जिल्ला समितिको पुस ११ गते बसेको बैठकले उनको नाम केन्द्

    • प्रकाशित मितिः पुस १६, २०८२
    • ५७६ पटक पढिएको
    • नेपाल रेखा
  • चुनावी तयारीसँगै नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

    काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकता दिने निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै देशभर एकीकृत अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।प्रवक्ता अग्नीप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीले सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानमार्फत पार्टीभित्रको एकता सुदृढ पार्दै जनस्तरमा साझा राजनीतिक धारणा निर्माण गर्ने लक्ष्य राखिएको छ ।दोस्रो निर्णयमा, आगामी निर्वाचनलाई केन्द्रमा

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३८८ पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३१८ पटक पढिएको
    • नेपाल रेखा
  • ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै

    बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३१३ पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन तयारी – पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । आयोगले प्रक्रिया पुग्नेहरुलाई आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टर

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३१७ पटक पढिएको
    • नेपाल रेखा
  • संविधानलाई कोमाबाट बाहिर ल्याउन चुनाव अपरिहार्य – गोपाल किराती

    इटहरी । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले नेपालको संविधानलाई ‘कोमाबाट बाहिर ल्याउनुपर्ने’ बेला आएको बताएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई देशको राजनीतिक निकास र संविधानको पुनर्जीवनका लागि अनिवार्य हो भनेका छन् ।इटहरीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष किरातीले भने, ‘संविधानलाई जीवन्त बनाउन र समाजवादी रूपान्तरणतर्फ अघि बढ्न फागुन २१ गतेको चुनाव नै निर्णायक हुनेछ । यो निर्वाचन सफल हुन सके संविधान बलियो बन्छ, असफल भए सार्वभौमिकतामै प्रश्न उठ्न सक्छ ।’किरातीका अनुसार नयाँ पुस्ता, विशेष गरी जेन&n

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४०३ पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्रीय समिति बैठक सुरु

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा पार्टी महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन् ।बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ ।बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ ।यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका म

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ३१३ पटक पढिएको
    • नेपाल रेखा
  • सुशासनका लागि उठेको जेन–जी आन्दोलनलाई बदनाम बनाउने प्रयत्नप्रति नेता चुडालको कडा टिप्पणी

    इटहरी । नेकपा (माओवादी केन्द्र) का युवा नेता मदन चुडालले हालै देशभर फैलिएको जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, उक्त आन्दोलनलाई बदनाम बनाउने नियोजित प्रयासहरूप्रति गम्भीर आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा भनेका छन्, ‘नेपालका विद्यार्थी भाइबहिनीहरूले सुशासनका निम्ति सुरु गरेको यो आम विद्रोह एउटा ऐतिहासिक कदम हो । तर, उनले आन्दोलनको मूल मर्म र उद्देश्यलाई भुल्दै केही पक्षहरूले यो अभियानलाई बदनाम गर्न खोजेको आरोप लगाए । विशेषतः काठमाडौंका मेयर बालेन शाहप्रति संकेत गर्दै उनले भने, ‘तर यो महान अभियानलाई बालेन साह जस्ता पात्रहरूले बदनाम पार्न ख

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ४३६ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]