काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकता दिने निर्णय गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै देशभर एकीकृत अभियान सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।प्रवक्ता अग्नीप्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, पार्टीले सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानमार्फत पार्टीभित्रको एकता सुदृढ पार्दै जनस्तरमा साझा राजनीतिक धारणा निर्माण गर्ने लक्ष्य राखिएको छ ।दोस्रो निर्णयमा, आगामी निर्वाचनलाई केन्द्रमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका
बैतडी । जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले हामीलाई (जिल्ला प्रशासन कार्यालय) पठाएको छ । त्यही सूची हामीले सार्वजन
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । आयोगले प्रक्रिया पुग्नेहरुलाई आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टर
इटहरी । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले नेपालको संविधानलाई ‘कोमाबाट बाहिर ल्याउनुपर्ने’ बेला आएको बताएका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई देशको राजनीतिक निकास र संविधानको पुनर्जीवनका लागि अनिवार्य हो भनेका छन् ।इटहरीमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष किरातीले भने, ‘संविधानलाई जीवन्त बनाउन र समाजवादी रूपान्तरणतर्फ अघि बढ्न फागुन २१ गतेको चुनाव नै निर्णायक हुनेछ । यो निर्वाचन सफल हुन सके संविधान बलियो बन्छ, असफल भए सार्वभौमिकतामै प्रश्न उठ्न सक्छ ।’किरातीका अनुसार नयाँ पुस्ता, विशेष गरी जेन&n
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा पार्टी महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन् ।बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ ।बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा समेत विस्तृत छलफल हुने छ ।यस्तै, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका म
इटहरी । नेकपा (माओवादी केन्द्र) का युवा नेता मदन चुडालले हालै देशभर फैलिएको जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, उक्त आन्दोलनलाई बदनाम बनाउने नियोजित प्रयासहरूप्रति गम्भीर आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा भनेका छन्, ‘नेपालका विद्यार्थी भाइबहिनीहरूले सुशासनका निम्ति सुरु गरेको यो आम विद्रोह एउटा ऐतिहासिक कदम हो । तर, उनले आन्दोलनको मूल मर्म र उद्देश्यलाई भुल्दै केही पक्षहरूले यो अभियानलाई बदनाम गर्न खोजेको आरोप लगाए । विशेषतः काठमाडौंका मेयर बालेन शाहप्रति संकेत गर्दै उनले भने, ‘तर यो महान अभियानलाई बालेन साह जस्ता पात्रहरूले बदनाम पार्न ख
काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निणर्यमा मैले हस्ताक्षर गरेकी छु ।” यसैगरी, प्रदर्शनका क्रममा घाइते हुनेहरुलाई उपचार खर्चसहित केही राहत उपलब्ध गराउने, मृतकका परिवार काठमाडौँमा बस्दा लागेको खर्च व्यहोर्ने, मृतकको शवलाई स्थानीय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ । माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ । “हाम्रो पार्टीको कार्यालयहरु, दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्
सन्तोष थारु (विश्व) हाम्रो पार्टीको सुप्रीम कमाण्डर अध्यक्ष क.प्रचण्डको नेतृत्वमा १८ महिना सरकार रह्यो । यो अवधीमा सरकारले १. ललीता निवास जग्गा घोटालाको फाइल खोल्यो ।२. भुटानी शरनार्थी काण्डको दोषीहरुको छानबिन प्रक्रिया अगाडी बढायो र दोषीहरु लाई जेल हालने काम गर्यो केही अनुसन्धानमा नै थियो ।३. गिरी बन्धु टी स्टेटको फाईल खोल्यो । ४. बाल मन्दिरको जगगा फिर्ता गरायो । ५. त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा भई रहेको सुन तस्करीहरुको सुन समातीयो र त्यसमा संलग्नहरु माथी अनुसन्धान अगाडी बढाई जेल हाल्ने काम गर्यो, यसमा कतीपय आफनै पार्टीका नेता कार्यकरताहरुलाई अनुसन्धान गरी जेल हाल्ने काम पनि भयो ।६. दे