आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ – सांसद पुन

  • चैत १९, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”
सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको उल्लेख गर्दै उहाँले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिनुभयो ।

सुकुमवासी समस्या समा ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २ ...

निःशुल्क आँखा शिविरब ...

इटहरी । मोरङको हसन्दहस्थित सहिद रामलक्ष्मण आधारभूत विद् ...

जङ्गली फल सेवन गर्दा ...

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ खाराबजारका ...

झापामा सिटी सफारी चो ...

झापा । सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]