सुनसरी घटनाको छानबिन गरी वास्तविकता बाहिर ल्याउन पूर्वप्रधानमन्त्री प्रचण्डको माग

  • साउन १४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभामा विशेष समय लिएर संयोजक प्रचण्डले कप्तानगञ्जमा घटनामा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्नुभयो ।
संयोजक प्रचण्डले देशमा संवाद र सहकार्यमार्फत जस्तोसुकै समस्याको समाधन गर्ने परम्परा रहेकाले सुनसरी घटना पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको र दिन प्रतिदिन परिस्थिति असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको बताउनुभयो ।
संयोजक प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गर्दै हजारौँको बलिदान, त्याग र लामो सङ्घर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई कमजोर पार्ने उद्देश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा राष्ट्रपतिको जिम्मेवारी, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा मुख्य विषय भएकाले यसमा सबै एकमत भएर अगाडी बढ्न सक्नुपर्ने र यसबाट सबै खालका समस्या समाधान र विश्वास बढाउने दिशातर्फ जान सकिने बताउनुभयो ।
संवादबाट टाढा जाने र प्रतिपक्षीलाई अवमूल्यन गरेर अगाडि बढ्दा राष्ट्र अप्ठ्यारोमा पर्ने भन्दै संयोजक प्रचण्डले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी समेत दिनुभयो ।

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]