सुनसरी घटनाको छानबिन गरी वास्तविकता बाहिर ल्याउन पूर्वप्रधानमन्त्री प्रचण्डको माग

  • साउन १४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभामा विशेष समय लिएर संयोजक प्रचण्डले कप्तानगञ्जमा घटनामा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्नुभयो ।
संयोजक प्रचण्डले देशमा संवाद र सहकार्यमार्फत जस्तोसुकै समस्याको समाधन गर्ने परम्परा रहेकाले सुनसरी घटना पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको र दिन प्रतिदिन परिस्थिति असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको बताउनुभयो ।
संयोजक प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गर्दै हजारौँको बलिदान, त्याग र लामो सङ्घर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई कमजोर पार्ने उद्देश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
संयोजक प्रचण्डले अहिलेको अवस्थामा राष्ट्रपतिको जिम्मेवारी, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा मुख्य विषय भएकाले यसमा सबै एकमत भएर अगाडी बढ्न सक्नुपर्ने र यसबाट सबै खालका समस्या समाधान र विश्वास बढाउने दिशातर्फ जान सकिने बताउनुभयो ।
संवादबाट टाढा जाने र प्रतिपक्षीलाई अवमूल्यन गरेर अगाडि बढ्दा राष्ट्र अप्ठ्यारोमा पर्ने भन्दै संयोजक प्रचण्डले प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी समेत दिनुभयो ।

बाढी प्रभावित स्याफ् ...

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले आफ्नो था ...

खेल हेर्न क्रिकेट मै ...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण ...

सप्तकोशी बोट दुर्घटन ...

इटहरी । कोशी प्रदेशकी राज्यमन्त्री सपना परियारले सप्तको ...

प्रहरी हवल्दार ललिता ...

इटहरी । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसको अवसरमा कोशी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]