साहित्य

    Showing 11-20 of 35 items.
  • प्रगतिशील लेखक संघ सुनसरी अध्यक्षमा विमला पोखरेल

    इटहरी । प्रगतिशील लेखक संघ सुनसरीको १० औं जिल्ला अधिवेशन सम्पन्न भएकोछ । जिल्ला अधिवेशन संघका केन्द्रीय उपाध्यक्ष नमूना शर्माको उपस्थितिमा शनिबार सम्पन्न भएको हो । अधिवेशनबाट प्रगतिशील लेखक संघको सुनसरी जिल्ला अध्यक्षमा विमला पोख्रेल चयन भएकी छन् । कृष्णप्रसाद गौतम, सचिवमा कृष्णप्रसाद नेपाल, सुस्मिता नेपाल र कोषाध्यक्षमा सन्जिव कटुवालःचयन भएका छन् । जिल्ला कार्यसमितिको सदस्यहरुमा चन्द्रबहादुर सुवेदी, मिथिला पोख्रेल, कान्ता पोख्रेल र गीता बस्नेत चयन भएका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 464 पटक पढिएको
    • नेपाल रेखा
  • अखिल नेपाल लेखक संघ सुनसरीको आयोजनामा कविता वाचन – जनवादी साहित्यको सन्देश

    इटहरी । जनवादी साहित्यको महत्व र जनवादी साहित्य लेखकहरुको सामाजिक प्रतिबद्धतालाई विस्तार गर्ने उद्देश्यका साथ अखिल नेपाल लेखक संघ सुनसरीले वुधवार संयुक्त कविता वाचन कार्यक्रमको आयोजना गरेकोछ । कार्यक्रम इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा आयोजना भएको थियो । कार्यक्रममा सहभागीहरुको ध्यान विभिन्न कविता वाचनतर्फ खिचिएको थियो । कविहरुले जनचेतना र समाजको सामाजिक–आर्थिक अवस्था सुधार गर्ने सन्देश बोकेका कविता वाचन गरेका थिए । यस कार्यक्रममा प्रख्यात कवि बम देवान र अन्य साहित्यकारहरुले आफ्ना काव्य रचनाहरु मार्फत समकालीन सामाजिक असमानता र प्रगति–संस्कृतिका विषयमा गहिरो वि

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा मनाइयो महाकवि देवकोटा जयन्ती

    इटहरी । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती तथा जनजागरण पुस्तकालयको साहित्यिक जागरण अभियान अन्तर्गत ६१ औं श्रृङ्खला कार्यक्रम इटहरीमा सम्पन्न गरिएकोछ ।इटहरी–५ पचरुखी चोकमा आयोजित कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरिएकोछ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 221 पटक पढिएको
    • नेपाल रेखा
  • गीतकार लम्सालको ‘हारे आफैँसँग’ गीती सङ्ग्रह सार्वजनिक

    इटहरी । नेपाली लोक जीवनका गीत समेटिएको इटहरीका गायत्री लम्सालको हारे आफैँसँगको गीती सङ्ग्रह बुधबार सार्वजनिक गरिएको छ । गीती सङ्ग्रह गीतकार विजय श्रेष्ठ, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, प्रध्यापक डाक्टर बद्रीविशाल पोखरेललगायतले सार्वजनिक गरे । समाजमा सकारात्मक प्रेरणका लागि प्रेरित गर्ने सोचले रचना गरिएका लम्सालको गीती सङ्ग्रहमा ८४ वटा गीत समावेस गरिएको छ । लम्सालले गीती सङ्ग्रह सार्वजनिकका क्रममा महत्वपूर्ण १२ वटा गीत प्रस्तुत गरे । लम्सालका यसअघि दुईवटा कृति आकाश हेर्दै दोबाटो २०६९ र पानीको रंग २०७५ सार्वजनिक भइ सकेका छन् । दोस्रो कृति प्रकाशनपछि लम्सालको बढी संगत गीतकारसँग भएकाले ग

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 318 पटक पढिएको
    • नेपाल रेखा
  • उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

    विराटनगर । साहित्यकार उमानाथ भट्टराईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक संघ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झ

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 522 पटक पढिएको
    • नेपाल रेखा
  • विराट साहित्य संगमको २१६ औं साहित्यिक शृंखला सम्पन्न

    विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे ।  साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 436 पटक पढिएको
    • नेपाल रेखा
  • नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

    विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । विमोच

    • प्रकाशित मितिः असार २३, २०८१
    • 320 पटक पढिएको
    • नेपाल रेखा
  • भाषा वैज्ञानिक चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ बुलु मुकारुङ्ग इटहरीमा सन्मानित हुदै

    इटहरी । भाषा वैज्ञानिक एवम् लोक संस्कृतिविद प्राध्यापक डाक्टर चुडामणि बन्धु र वरिष्ठ सङ्गीतज्ञ साथै लेखक बुलु मुकारुङ्ग इटहरीमा सम्मानित हुने भएका छन् । इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालको स्मृति दिवसका दिन यहि फागुन ५ गते उनीहरुलाई सन्मान गर्न लागिएको समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए । इटहरी साहित्यिक समूहले संस्थाका संस्थापक अध्यक्षको ९७ औं जन्म जयन्तीको अवसर पारेर धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने तय भएको सापकोटाले बताए । इटहरी साहित्यिक समूह र धरणीधर दाहाल स्मृति प्रष्ठिानबाट हरेक बर्ष नगद रुपैंया र ताम्रपत्रद्वारा कला, साहित्य र संस्कृतिमा व

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 183 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

    विराटनगर । शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् । दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भीम पराजुल

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • 194 पटक पढिएको
    • नेपाल रेखा
  • ‘सरुभक्तका मुक्तक’ लोकार्पण

    गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राख्नुभयो । उहाँले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताउनुभयो । साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताउनुभयो । “युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरूको मुक्तक लेखनप्रति झुकाव थियो, २०

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]