शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

  • मंसिर २२, २०८० / नेपाल रेखा
alt

विराटनगर । शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् ।
दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, सञ्चालक शैलेन्द्र शिवाकोटीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका पराजुलीले कक्षागत पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे । प्रिन्सिपल खड्काले शिक्षादीपले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको जानकारी गराए । शिक्षादीपबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रमा अब्बल रहेको उनको दाबी थियो ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]