शिक्षादीपको कविता प्रतियोगितामा मेनुका प्रथम

  • मंसिर २२, २०८० / नेपाल रेखा
alt

विराटनगर । शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा मेनुका खड्का प्रथम भएकी छन् ।
दुई दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै ‘भ्रष्टाचारले भरिएको मेरो देश’ शीर्षकको कविता वाचन गरेर मेनुका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा डोरिक मण्डल द्वितीय, यसश्वी बराल तृतीय हुँदा गुरुचरण मेहता र रोशन महतोले सान्त्वना स्थान प्राप्त गरे । द्वितीय हुने डोरिकले अंग्रेजी र सान्त्वना हुने महतोले मैथिली भाषाको कविता सुनाएका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमलकिशोर श्रीवास्तव निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
पुरस्कृतहरुलाई कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्का, व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, सञ्चालक शैलेन्द्र शिवाकोटीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यसमेत रहेका पराजुलीले कक्षागत पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरे । प्रिन्सिपल खड्काले शिक्षादीपले विद्यार्थीको चौतर्फी विकासका लागि ध्यान दिएको जानकारी गराए । शिक्षादीपबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रमा अब्बल रहेको उनको दाबी थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]