‘सरुभक्तका मुक्तक’ लोकार्पण

  • मंसिर ४, २०८० / नेपाल रेखा
alt

गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राख्नुभयो । उहाँले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताउनुभयो ।
साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताउनुभयो । “युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरूको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।”
सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाउनुभयो । उहाँको २०६१ सालमा ‘हजार बुद्धहरू’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
‘सरुभक्तका मुक्तक’मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिनुभयो । “सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गर्नुभएका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो”, उहाँले भन्नुभयो ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]