गीतकार लम्सालको ‘हारे आफैँसँग’ गीती सङ्ग्रह सार्वजनिक

  • असोज २४, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाली लोक जीवनका गीत समेटिएको इटहरीका गायत्री लम्सालको हारे आफैँसँगको गीती सङ्ग्रह बुधबार सार्वजनिक गरिएको छ । गीती सङ्ग्रह गीतकार विजय श्रेष्ठ, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, प्रध्यापक डाक्टर बद्रीविशाल पोखरेललगायतले सार्वजनिक गरे ।
समाजमा सकारात्मक प्रेरणका लागि प्रेरित गर्ने सोचले रचना गरिएका लम्सालको गीती सङ्ग्रहमा ८४ वटा गीत समावेस गरिएको छ । लम्सालले गीती सङ्ग्रह सार्वजनिकका क्रममा महत्वपूर्ण १२ वटा गीत प्रस्तुत गरे । लम्सालका यसअघि दुईवटा कृति आकाश हेर्दै दोबाटो २०६९ र पानीको रंग २०७५ सार्वजनिक भइ सकेका छन् । दोस्रो कृति प्रकाशनपछि लम्सालको बढी संगत गीतकारसँग भएकाले गर्दा गीत रचनामा लागेको बताएका छन् ।
कार्यक्रममा गीतकार बिजय श्रेष्ठले नेपालीपनका गीत भएकाले गर्दा सारै मन परेको बताए । ‘जसरी ऐनमा व्यक्तिको अनुहार देखिएजस्जै गीतमार्फत समाजको अनुहार देखिएको छ,’ उनले भने ।
सो क्रममा कवि मनु मञ्जिलले लम्सालको गीती सङ्ग्रहमा समावेस भएका गीत राष्ट्रिय धरातल टेकेर रचिएको बताए । ‘लोक जनजीवनका गीत गायक लम्सालले एक से एक रचना गरेको पाइयो,’ उनले भने ।
कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार घिमिरेले लम्सालको गीत रचनामा अब्बल रहेको जनाए । सो क्रममा डाक्टर पोखरेलले समाजलाई सकारात्मक ढंगले गीतमार्फत लम्सालले प्रेरित गरेको र सामाजिक विकृतिलाई पनि व्यङ्ग्य गरेको उल्लेख गरे । सगरमाथा साहित्य प्रतिष्ठान कोशीको आयोजनामा भएको गीती सङ्ग्रह सार्वजनिक कार्यक्रम आयोजक संस्थाकी मिश्रा गुरुङ्को अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुुनसरी र मोरङ क्षेत्रका साहित्यकार, लेखक तथा गीतकारको सहभागिता रहेको थियो ।

गौसेवक किसान दुग्ध उ ...

इटहरी । गौसेवक किसान दुग्ध उत्पादक सहकारी संस्था लि. इट ...

कोशी प्रदेशमा पशुपाल ...

इटहरी । सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयक ...

धान थन्काउने तयारीमा ...

भोजपुर नगरपालिका–५ बोखिममा किसान थन्काउ ...

महाकाली नदीको पुल ...

कञ्चनपुरस्थित महाकाली नदी माथि बनेको पक्की पु ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]