कला र कलाकार

    Showing 11-20 of 50 items.
  • वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

    काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कँुवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयो भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा हुनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 405 पटक पढिएको
    • नेपाल रेखा
  • डिसेम्बर २१ मकाउमा सुगम पोखरेल र बर्षा उप्रेतीले प्रस्तुती दिने

    इटहरी । चर्चित गायक सुगम पोखरेलले मकाउमा साँगीतिक प्रस्तुती दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होटल, दोस्रो तल्ला (रेड हाउस) मा आयोजना हुने एनआरएनए सांस्कृतिक सांझमा उनले प्रस्तुति दिन कार्यक्रम तय गरिएकोछ । सोही साँझ कार्यक्रममा डान्सर वर्षा उप्रेतीको पनि नृत्य प्रस्तुत हुनेछ । यो कार्यक्रम नेपाल हङकङ (एस ए आर) र मकाउ (एस ए आर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले संयोजन गरेको हो ।पोखरेलले आफ्ना पुराना र नयाँ गीत गाउने योजना बनाएको बताए । गायक पोख्रेलका कार्यक्रम संयोजक युस्टल दाहालले नेपाली संगितप्रेमीहरुको व्यापक सहभागिताको अपेक्षा राखिएको बताए ।

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • 803 पटक पढिएको
    • नेपाल रेखा
  • खोली दोभान, तिम्रै पछि लाग्दा लाग्दै गयो जोवन गीत सार्वजनिक

    इटहरी । गायक तथा गीतकार दिनेश एभरग्रिन र गंगा गौतम आचार्यको स्वर रहेको खोली दोभान तिम्रै पछि लाग्दा लाग्दै गयो जोवन भन्ने गीत सार्वजनिक गरिएको छ ।दिनेश एभरग्रिन युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको संगित सन्तोष विसीको र शब्द गंगा गौतम आचार्याको रहेको छ भने एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् ।पूर्वाञ्चल डिजिटल रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको खोली दोभानका गीतकार तथा गायक दिनेश एभरग्रिनले यस अघि पर्यटन प्रवद्र्धनमा जोड दिदै चैनपुरको भिमेश्वरको दर्शन गर्न जाँऔं, धरान इटहरी तरहरा भेटेर बसौ बातमारी, भोजपुरे ठिटो, भजन गित लगायतका आधा दर्जन बढी गीतहरुको लेखन तथा स्वर दिइसकेका छन् ।दिनेश एभरग्रिनल

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 335 पटक पढिएको
    • नेपाल रेखा
  • ‘मिस्टर नेपाल २०२४’ को ग्राण्ड फिनालेमा इटहरीका अग्रज श्रेष्ठको उपाधि जित्ने विश्वास

    इटहरी । युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’ को उपाधिका लागि सुन्दरहरैंचा–६ मोरङ, हाल इटहरीका अग्रज श्रेष्ठ प्रतिष्पर्धामा छन् । नेक्स्ट मोडल नेपालको आयोजनामा हुने ‘मिस्टर नेपाल’ प्रतियोगितामा कुल प्रतिस्पर्धी ३८ जना रहेकाछन् । प्रतियोगिताको ग्रान्ड फिनाले यही भदौ ८ गते काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ ।प्रतियोगी अङ्क २ का अग्रज श्रेष्ठलाई विजेता बनाउन उनका बुबा गिताप्रसाद श्रेष्ठले अभियान चलाएका छन् । छोराको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनलाई ‘मिस्टर नेपाल’को उपाधी दिलाउन आफू लागि परेको उनले

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 1,739 पटक पढिएको
    • नेपाल रेखा
  • तीज गीतमा बढ्दो अश्लीलताविरुद्ध ‘मसिनो खाउँला सुकिलो लाउँला’

    इटहरी / २०८१ भदौ १ आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ । गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउ

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 626 पटक पढिएको
    • नेपाल रेखा
  • फुटपाथमै ब्यानर टाँगेर छोरी टेनिसा परियारका लागि भोट माग्दै सिलाई पेशा गर्ने बाबु

    आशिका लम्साल इटहरी । छोराछोरीको प्रगतीमा बाबुआमाको खुसी र साथ सहयोग कति हुन्छ भन्ने सुनसरी इटहरीका रमेश परियारलाई सोधे हुन्छ । किनभने यतिखेर दैनिक सडकमा सिलाई पेशा गरेर कमाएको पैसा छोरी टेनिसालाई गायक बनाउन खर्चिरहेका छन् । सिलाई मास्टर रमेशकी १२ बर्षीया जेठी छोरी टेनिसा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘भ्वाईस किटसको’ भोटिङ राउण्डमा पुगेकी छन् । आफनो गायकीले गर्दा जजहरुको निर्णयबाट टप २४ सम्म आइपुग्न सफल टेनिसालाई अब अगाडी बढ्न गायकीले मात्र पुग्दैन उनले दर्शकको भोटको पनि सामना गर्नुपर्छ । अब जसको बढी भोट आयो उही गायक टप १६ र टप ८ हुदै फाइनल राउण्डमा छ

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 632 पटक पढिएको
    • नेपाल रेखा
  • पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

    काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो । नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ । यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 296 पटक पढिएको
    • नेपाल रेखा
  • बियोगान्त प्रेम कथामा रोशन राईको ‘दुई थुङ्गा फूल’ रिलिज

    काठमाडौं । गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार) को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ । राई काजी चाम्लिंङको शब्द, संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।हसन राईको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।

    • प्रकाशित मितिः असार २, २०८१
    • 966 पटक पढिएको
    • नेपाल रेखा
  • गायक रोशन सिंह क्षितिजको स्वरमा ‘मेची काली’ सार्वजनिक

    काठमाण्डौं । गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली’ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडीहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन, निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । मेची काली गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 442 पटक पढिएको
    • नेपाल रेखा
  • गायिका अन्जु विश्वकर्माको यो जिन्दगीको सार्वजनिक

    काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् । सरोज प्याकुरेलको संगीत, फडिन्द्र  राईको एरेन्जमा गीतमा निर्माण गरिएको छ । यसमा प्रेमील जोडी विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफूले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निर्माण गरिएको छ ।"https://www.youtube.com/embed/51L1Cdiy9w8?si=V5LjCC_GDM8tfWtu"

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 390 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]