‘मिस्टर नेपाल २०२४’ को ग्राण्ड फिनालेमा इटहरीका अग्रज श्रेष्ठको उपाधि जित्ने विश्वास

  • भदौ ५, २०८१ / नेपाल रेखा
alt

इटहरी । युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’ को उपाधिका लागि सुन्दरहरैंचा–६ मोरङ, हाल इटहरीका अग्रज श्रेष्ठ प्रतिष्पर्धामा छन् ।
नेक्स्ट मोडल नेपालको आयोजनामा हुने ‘मिस्टर नेपाल’ प्रतियोगितामा कुल प्रतिस्पर्धी ३८ जना रहेकाछन् । प्रतियोगिताको ग्रान्ड फिनाले यही भदौ ८ गते काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ ।
प्रतियोगी अङ्क २ का अग्रज श्रेष्ठलाई विजेता बनाउन उनका बुबा गिताप्रसाद श्रेष्ठले अभियान चलाएका छन् । छोराको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनलाई ‘मिस्टर नेपाल’को उपाधी दिलाउन आफू लागि परेको उनले बताए । छोरालाई यो प्रतियोगिताको विजेता बनाउन उनका बुबा गिताप्रसाद श्रेष्ठले गाउँ, सहर, आफन्तजन, नातागोता, साथीभाइबीच अभियान संचालन गरिरहेका छन् ।
बुबा गिताप्रसाद श्रेष्ठ पनि सामाजिक अभियान्तासमेत रहेकोले उनलाई विजेता बनाउने अभियान प्रभावकारी बनिरहेकोछ ।
५ फिट १० इन्च उचाई रहेका श्रेष्ठको शरीर निक्कै सुन्दर र आर्कषक छ । श्रेष्ठले यो प्रतियोगिता आफूले जित्नेमा ढुक्क रहेको बताए । प्रतियोगितामा विजेता बनेमा उनले देशभरका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहजीकरण गर्ने बताए । उनले भने–‘म युवा साथीहरुलाई के भन्न चाहन्छु भने स्वदेशमै केही गर्न सकिन्छ, विदेश गइरहनु पर्दैन ।’ उनले यसो भनिरहदा १८ बर्षकै उमेरमा इटहरीमा ३ वटा कम्पनि हाँकिरहेका छन् । प्रतियोगि श्रेष्ठले रियल स्टेट, विज्ञापन उत्पादन र इटहरी इन्जिनियरिङ्ग होम सर्भिस कम्पनि संचालन गरिरहेका छन् । यी कम्पनिमा उनले १६ जना युवा–युवतीहरुलाई रोजगारी दिएको बताए । उनले यी कम्पनि चलाउन थालेको २ बर्ष भइसकेकोछ । उनी यतिबेला इटहरी इन्टरनेशनल कलेज दुलारीमा ब्याचलर अध्ययनरत छन् ।
उनलाई विजेता बनाउन मानव प्रधानको नेतृत्वमा अभियान संचालन गरिएकोछ । प्रधान उनका कलेजका साथी हुन् । यो अभियान कलेजका युवाहरुबीच केन्द्रित गरिएको छ । यो अभियान संचालन गरिएको २ हप्ता भइसकेकोछ । प्रधानले भने– ‘हामीले प्लस २ का विद्यार्थीबीच अग्रजलाई मिस्टर नेपाल बनाउने अभियान संचालन गरिरहेका छौं, यो अभियान प्रत्यक्ष भेटेर अग्रज श्रेष्ठलाई भोट गर्न सिकाउने गरेका छौं ।’ प्रधानले डिजिटल्ली मुभमेन्टलाई पनि उत्तिकै तिव्रता दिएको बताए ।
उनले अग्रज श्रेष्ठमा मिलनसार र सहयोगी भावना, भविष्यमा युवाहरुलाई समन्वय गर्ने खुबी भएकोले आफूहरु स्वतस्फूर्तरुपमा उसलाई विजेता बनाउन अग्रसर भएको बताए ।
अग्रज श्रेष्ठलाई प्रशान्त ताम्रकारले मेन्टरिङ्ग गरिरहेका छन् । ताम्रकारले पहिलो पटक मोडलिङ्गको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका थिए ।
अग्रज श्रेष्ठ २०२३ मा ड्रिम मोडलिङ्ग ऐजेन्सीले आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रतियोगिताको विजेता हुन् । सो प्रतियोगितामा हासिल गरेको अनुभवले पनि आफू यो प्रतियोगिता जित्नेमा आफू ढुक्क रहेको उनले बताए ।
१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले यो प्रतियोगितामा सहभागिता जनाएका छन् । यसमा ५ फिट ७ इन्च माथि उचाइ आवश्यक पर्छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]