पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

  • साउन ४, २०८१ / नेपाल रेखा
alt

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो ।

नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । सोही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।

यसैवर्ष गत असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् । “हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो ।

सोही कारण पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनका लागि तयारी थालेका छौँ”, निर्माता विष्टले भन्नुभयो । उहाँले चलचित्र पुनःसम्पादन गरी प्रदर्शन गरिने जानकारी दिनुभयो । निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पु¥याउने तयारी गरिएको बताउनुभयो । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रदर्शनका लागि चलचित्र वितरण गर्नु हुने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताउनुभयो । “दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ”, उहाँले भन्नुभयो । कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्र पुनःप्रदर्शन भइसकेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]