वातावरण

    Showing 61-70 of 74 items.
  • वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

    अशोक घिमिरेकाठमाडौँ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब २२ लाख नेपाली श्रम

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 198 पटक पढिएको
    • नेपाल रेखा
  • पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

    फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो ।सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा दुई फिटको हाराहारीमा हिउँ जमेको छ ।”तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उहाँले जानकारी दिनुभयो । सामान

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

    काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकम

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 120 पटक पढिएको
    • नेपाल रेखा
  • क्रमिकरूपमा तापक्रम घट्दै

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्स

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • ‘जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ’

    काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन् । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने,“जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।”मन्त्री यादवले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए । उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जल

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • जमिनमा धाँजा फाट्दा पर्वतका पाँच परिवार विस्थापित,गाउँ नै जोखिममा

    पर्वत । जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् ।गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो ।पहिरोले नजिकैका घर जतिबेला पनि खरतामा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँभन्दा केही माथि रहेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताए । पहिरोले घर तथा आँगन चर्किएको छ ।“गत वर्ष पहिरो

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • घाइते बाघले तीन गोही खायो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन् केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए ।बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 125 पटक पढिएको
    • नेपाल रेखा
  • बुल्स एलेभेन क्लबद्वारा ओसो पार्कमा वृक्षरोपण

    धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ्गले सुरु गरेको वृक्षरोपण अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । यही क्रममा बुल्स एलेभेन इटहरीले पनि नगर प्रमुख साम्पाङ्गको अभियानमा सहयोग गर्दै धरानको ओशो पार्क क्षेत्रमा वृक्षरोपण गरेको छ । नगर प्रमुख साम्पाङ्गले एक वर्षमा पाँच हजार विरुवा रोप्ने भनेर अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानलाई सफल बनाउन बुल्स एलेभेनको तर्फबाट ८ सय ७५ बिभिन्न जातका विरुवाहरु रोपिएको उपाध्यक्ष रामु राईले जानकारी दिएका हुन् । विगत पाँच वर्ष देखि इटहरी क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै आएको वुल्स एलेभेनले धरानका नगर प्रमुख साम्पाङ्गको अभियानलाई सफल बनाउन यस अघि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • फोहोरका कन्टेनर ठुला हुँदा मजदुरलाई काम गर्न कठिनाई

    दीपक कार्की इटहरी । देशभरि नै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर व्यवस्थापनको पाटोमा काठमाडौं मात्र होइन इटहरी पनि बेलाबेला चर्चामा आइरहने गर्छ ।इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि.ले गर्दै आएको छ । निरन्तर फोहोर व्यवस्थापनको कार्य भइरहे पनि यो क्षेत्रपनि चुनौतीबाट अछुतो रहन भने सकेन । इटहरी बजार क्षेत्रमा राखिएका कन्टेनरहरुको वजन ज्यादा हुदा कन्टेनर उठाउने इन्भारो म्यानेजमेन्टका कर्मचारीको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । फोहोरले भरिएको हरियो कन्टेनर उठाउन मजदुरहरुलाई समस्या पर्दै आएको छ ।इटहरीको फोहोर व्यवस्थापनको जिम्मा वेस्ट

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 111 पटक पढिएको
    • नेपाल रेखा
  • प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको अगुवाई वृक्षरोपण

    धनकुटा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोपण गरि मनाइयो ।डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय वन क्षेत्रमा  विभिन्न जातका विरुवा रोपेर  राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी  १ दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो  । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल वन अधिकृत मेघराज राईको अध्यक्षतामा  खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायत

    • प्रकाशित मितिः असार १५, २०७९
    • 141 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]