प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको अगुवाई वृक्षरोपण

  • असार १५, २०७९ / नेपाल रेखा
alt

धनकुटा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोपण गरि मनाइयो ।
डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय वन क्षेत्रमा  विभिन्न जातका विरुवा रोपेर  राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।
सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी  १ दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो  । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल वन अधिकृत मेघराज राईको अध्यक्षतामा  खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायतका विभिन्न जातका तीन हजार दुई सय वृक्षारोपण गरियो ।
राणकालदेखि संरक्षण गरिदै आएको सल्लेरी बन क्षेत्रका खाली ठाउँमा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत राईले जानकारी दिए । कार्य योजनामा उल्लेख भए अनुसार पुराना रुखहरुलाई बार्षिक रुपमा कटान गरी नयाँ सल्ला र विभिन्न जातका विरुवा रोप्ने योजना अनुसार राष्ट्रिय वृक्षारोपण दिवसका दिन सो क्षेत्रमा वृक्षारोपण गरिएको राईले बताए । वृक्षारोपणमा जिल्लाका सुरक्षा निकाय साथै सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

biruwa 1

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]