फोहोरका कन्टेनर ठुला हुँदा मजदुरलाई काम गर्न कठिनाई

  • साउन ३०, २०७९ / नेपाल रेखा
alt

  • दीपक कार्की
    इटहरी । देशभरि नै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर व्यवस्थापनको पाटोमा काठमाडौं मात्र होइन इटहरी पनि बेलाबेला चर्चामा आइरहने गर्छ ।
    इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि.ले गर्दै आएको छ । निरन्तर फोहोर व्यवस्थापनको कार्य भइरहे पनि यो क्षेत्रपनि चुनौतीबाट अछुतो रहन भने सकेन । इटहरी बजार क्षेत्रमा राखिएका कन्टेनरहरुको वजन ज्यादा हुदा कन्टेनर उठाउने इन्भारो म्यानेजमेन्टका कर्मचारीको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । फोहोरले भरिएको हरियो कन्टेनर उठाउन मजदुरहरुलाई समस्या पर्दै आएको छ ।
    इटहरीको फोहोर व्यवस्थापनको जिम्मा वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि.ले लिएको छ । दिनहुजसो इन्भारो म्यानेजमेन्टका कर्मचारीहरु इटहरी बजार क्षेत्रमा राखिएका कन्टेनरहरुमा संकलित फोहोर उठाउन आउँछन् ।
    तर ठुलो आकारका गहौँ कन्टेनर उठाउदा मजदुरहरुको स्वास्थ्यमा असर पुग्ने गरेको छ । मुख्य बजार क्षेत्रबाट ज्यादा फोहोर निस्कने हुदा यस क्षेत्रका कन्टेनर गह्रौं हुनेहुदा उनीहरु आफुले नसकेर सडक मानव, ट्याक्सी चालक वा अन्यको सहायता लिने गर्छन् । यही समस्याले व्याप्त भइ कतिपय कर्मचारी काममा आउनै चाहदैनन् । यसको विकल्पमा साना कन्टेनरको अपेक्षा उनीहरुले राखेका छन् । जसोतसो कन्टेनरहरु उचाल्दा छाती दुख्ने समस्याले ग्रसित भएको कुमार चापागाँई बताउछन् । कन्टेनर उठाएर गाडीमा लोड गर्ने प्रविधि कम्पनीले व्यवस्था गर्न सक्ने तत्काल अवस्था नरहेकाले मजदुरहरु अस्वथ्य भइ विदामा बस्नुपर्ने बाध्यता रहेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि. का प्रबन्धक निर्देशक मानध्वन मोक्तान बताउछन् ।
    तत्कालीन समयमा हाइड्रोलीक मेसीनबाट फोहोरका कन्टेनर उठाउने गरी नगरको योजना रहेको थियो । इटहरी बजार क्षेत्रका फोहोर व्यवस्थापनकालागि ठुला आकारका कन्टेनरको व्यवस्था गरिएको थियो । तर त्यही योजना अपेक्षा अनुरुप नहुदा अहिले कन्टेनरहरुमा संकलित फेहोर उठाउन इन्भारो म्यानेजमेन्टका कर्मचारीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
    फोहोर व्यवस्थापनमा खटिने मजदुरको स्वास्थ्यलाई अनुकुल हुनेगरी सम्बन्धित पक्षले यथा शीघ्र यस समस्याको विकल्प खोज्नु आवश्यक देखिन्छ ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]