बुल्स एलेभेन क्लबद्वारा ओसो पार्कमा वृक्षरोपण

  • साउन ३०, २०७९ / नेपाल रेखा
alt

धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ्गले सुरु गरेको वृक्षरोपण अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । यही क्रममा बुल्स एलेभेन इटहरीले पनि नगर प्रमुख साम्पाङ्गको अभियानमा सहयोग गर्दै धरानको ओशो पार्क क्षेत्रमा वृक्षरोपण गरेको छ । नगर प्रमुख साम्पाङ्गले एक वर्षमा पाँच हजार विरुवा रोप्ने भनेर अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानलाई सफल बनाउन बुल्स एलेभेनको तर्फबाट ८ सय ७५ बिभिन्न जातका विरुवाहरु रोपिएको उपाध्यक्ष रामु राईले जानकारी दिएका हुन् ।
विगत पाँच वर्ष देखि इटहरी क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै आएको वुल्स एलेभेनले धरानका नगर प्रमुख साम्पाङ्गको अभियानलाई सफल बनाउन यस अघि पनि निशाने खोला क्षेत्रमा श्रमदान गरेको थियो । बुल्स एलेभेनको वृक्षरोपण कार्यक्रममा स्थानीयले समेत सहयोग पुर्याएको उपाध्यक्ष राईले बताए ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]