‘जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यकता छ’

  • असोज १४, २०७९ / नेपाल रेखा
alt

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन् । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने,“जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।”मन्त्री यादवले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए ।
उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए ।
मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसत भन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रूपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताए । सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराए ।
यसैगरी उनले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्षजनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरूलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्ने समेत स्पष्ट पारे । नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रुपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे।
नेपालको जलवायु परिवर्तन परिषद् अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डा समन्वय गर्ने संस्थागत निकाय भएको र नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी आवश्यक नीति र सङ्गठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको छ भने । नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए ।
नेपालले पनि स्वच्छ ऊर्जा व्यापारमार्फत आफ्नो सिमाना बाहिर न्यूनीकरण योगदानको लागि मान्यता खोज्दै आएको र जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उनले जानकारी दिए ।
नेपालजस्ता विकासोन्मुख देशका लागि अनुकूलन बढी महत्व पूर्ण भएको र जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको उनले चर्चा गरे ।
नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको जानकारी गराउनुहुँदै मन्त्री यादवले नेपालले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिए ।
नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए ।

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]