संस्कृति

    Showing 41-50 of 138 items.
  • कोशी प्रदेशमा माओवादी केन्द्रको जनसङ्गीत अभियान

    उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोशी प्रदेशस्तरीय जनसङ्गीत अभियान २०८२ को सुरु गरेको छ । उदयपुरको कटारीबाट केन्द्रले अभियान सुरु गरेको हो । पार्टी प्रदेश कमिटीको आयोजनामा सुरु भएको अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले जनसङ्गीतको माध्यमबाट पार्टी र परिवर्तनको सन्देश फैलाउन अभियान फलदायी हुने बताउनुभयो । उहाँले पार्टीको तराई, मधेस जागरण अभियानसमेत जारी रहेको बताउनुभयो । “हाल पुरातन शक्तिहरू पmेरि पुरानै व्यवस्थामा फर्काउनका लागि भनेर विभिन्न हर्कत गरिरहेका छन् । उनीहरूलाई यो व्यवस्था नपचेर हिजोकै अवस्था र व्यवस्था चाह

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

    ढोरपाटन । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालय

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 428 पटक पढिएको
    • नेपाल रेखा
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले लोगो सार्वजनिक गरेको नगर प्रमुख विमला राईले जानकारी दिइन् । पूर्वअर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गरेका हुन् । नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका क

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 373 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

    सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गर्नुभएको छ । हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभयो । अध्यक्ष दाहालले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

    काठमाडौँ । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 191 पटक पढिएको
    • नेपाल रेखा
  • आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण

    गोरखा । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । “गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ”, प्रमुख कार्कीले भन्नुभयो, “शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोक

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 289 पटक पढिएको
    • नेपाल रेखा
  • कस्यप गोत्रीय अधिकारीको जिल्ला अधिवेशनसँगै बंशज प्रतिष्ठानको बार्षिक उत्सव सम्पन्न

    इटहरी । कस्यप गोत्रीय अधिकारी बंसज प्रतिष्ठानको सातौं वार्षिकोत्सव र जिल्ला अधिवेशन आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी, प्रमुख अतिथी, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी र महासचिव चिरञ्जिवी अधिकारीसँगै पूर्व जिल्ला अध्यक्ष प्रदीप अधिकारीको शुभकामना मन्तव्यबाट गरिएको थियो । कार्यक्रमको शुभारम्भ पानसमा बत्ती बालेर गरियो ।समारोहको एक विशेष आकर्षण भनेको बंशका जेष्ठ नागरिक सम्मान वितरण थियो, जसमा ९० वर्षका इटहरी–२ बेलगाछी निवासी रनबहादुर अधिकारी खत्रीलाई वंशजको जेष्ठ

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 259 पटक पढिएको
    • नेपाल रेखा
  • उर्लाबारीमा चासोक तङनामको भब्य तयारी

    उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा लिम्बू समुदायको मुख्य पर्ब चासोक तङ्नामको तयारी सुरु गरिएको छ । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । चासोक पर्बको अबसरमा आम्बारीमा मंसिर ३० ५ दिने साँस्कृतिक कार्यक्रम सहित महोत्सवको आयोजना गरिने किराँत याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभयो । खेती प्रणालीको विकासदेखि लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएका छन् । धान पाक्न थालेसँगै थन्क्याउने समयभरि यो चाड मनाइन्छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 273 पटक पढिएको
    • नेपाल रेखा
  • कार्तिक शुक्ल षष्ठी : छठ पर्वको मुख्य दिन आज

    काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 510 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल संवत् ११४५ सुरु

    काठमाडौँ । नेपाल संवत् ११४५ सुरु भएको छ । शनिबार यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराउनुभएको थियो ।पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सं

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 173 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]