कस्यप गोत्रीय अधिकारीको जिल्ला अधिवेशनसँगै बंशज प्रतिष्ठानको बार्षिक उत्सव सम्पन्न

  • पुस १४, २०८१ / नेपाल रेखा
alt

इटहरी । कस्यप गोत्रीय अधिकारी बंसज प्रतिष्ठानको सातौं वार्षिकोत्सव र जिल्ला अधिवेशन आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी, प्रमुख अतिथी, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारी र महासचिव चिरञ्जिवी अधिकारीसँगै पूर्व जिल्ला अध्यक्ष प्रदीप अधिकारीको शुभकामना मन्तव्यबाट गरिएको थियो । कार्यक्रमको शुभारम्भ पानसमा बत्ती बालेर गरियो ।
समारोहको एक विशेष आकर्षण भनेको बंशका जेष्ठ नागरिक सम्मान वितरण थियो, जसमा ९० वर्षका इटहरी–२ बेलगाछी निवासी रनबहादुर अधिकारी खत्रीलाई वंशजको जेष्ठ नागरिकको रुपमा सम्मानित गरियो । साथै आमाको सेवकको रुपमा राजेन्द्र अधिकारी खत्री (सुधिर केसी) लाई सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा कवि एवम् पत्रकार राजेन्द्र अधिकारी खत्री (सुधिर केसी) ले कविता वाचन गरी सबैलाई साहित्यिक अभिवाद गरे । यस कार्यक्रममा विभिन्न जिल्लाका अध्यक्षहरू, भारतको मणिपुरका अध्यक्ष लगायतका बंशज अगुवाहरुको पनि सहभागिता थियो ।
कार्यक्रमका दौरान सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा स्थानिय कलाकारहरूको प्रस्तुति रहेको थियो ।
यस कार्यक्रमबाट नयाँ कार्यसमितीको गठन पनि भएको छ, जसमा अध्यक्ष बीरेन्द्रबहादुर अधिकारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रविन्द्र अधिकारी, उपाध्यक्ष रमेश अधिकारी र सचिव विवेक अधिकारी लगायतका नयाँ कार्यसमिती सदस्यहरूको घोषणा गरिएको छ ।
यस अवसरमा देशका ७२ जिल्लामा र प्रवाशमा समेत समितिहरूको गठन भइसकेको जानकारी दिइएको थियो । आगामी दिनहरूमा प्रदेश र केन्द्रीय अधिवेशनको आयोजना हुने बताइएको छ ।
यस कार्यक्रममा कस्यप गोत्रीय अधिकारी बंसजको ऐतिहासिकताको चर्चा गरिएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]