कोशी प्रदेशमा माओवादी केन्द्रको जनसङ्गीत अभियान

  • वैशाख ११, २०८२ / नेपाल रेखा
alt

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोशी प्रदेशस्तरीय जनसङ्गीत अभियान २०८२ को सुरु गरेको छ । उदयपुरको कटारीबाट केन्द्रले अभियान सुरु गरेको हो ।
पार्टी प्रदेश कमिटीको आयोजनामा सुरु भएको अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले जनसङ्गीतको माध्यमबाट पार्टी र परिवर्तनको सन्देश फैलाउन अभियान फलदायी हुने बताउनुभयो । उहाँले पार्टीको तराई, मधेस जागरण अभियानसमेत जारी रहेको बताउनुभयो ।
“हाल पुरातन शक्तिहरू पmेरि पुरानै व्यवस्थामा फर्काउनका लागि भनेर विभिन्न हर्कत गरिरहेका छन् । उनीहरूलाई यो व्यवस्था नपचेर हिजोकै अवस्था र व्यवस्था चाहिएको छ । त्यसविरुद्ध हामी सचेत छौँ”, उपमहासचिव गजुरेलले भन्नुभयो, “उत्तर आधुनिकतावाद र सामन्तवादी संस्कृति रोक्नका लागि हामीले अभियान चलाएका छौँ । माओवादीले आदिवासी जनजाति, मधेसी, दलित सबैको अधिकारका लागि अभियान चलाइरहेको छ ।”
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको प्रदेशस्तरीय समितिले गायन, नृत्य, नाटकलगायत प्रस्तुति दिएका छन् । यो अभियान अवधिभर जारी रहने छ । ‘अबको बाटो’ शीर्षकको नाटकमार्पmत देशमा राजा हुँदाका अप्ठ्यारा र गणतन्त्रमा भएका उपलब्धिबारे अभिनयको माध्यमबाट चेतना पैmलाउने काम भइरहेको छ ।
अभियान क्रमशः मदन भण्डारी राजमार्ग केन्द्रित हुँदै यही वैशाख १८ गते (मे १ तारिख) मा अन्तरराष्ट्रिय श्रमिक दिवशका दिन झापाको बाहुनडाँगीमा अभियानको समापन गरिने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले जानकारी दिनुभयो ।
अभियानको उद्घाटनमा माओवादी केन्द्रका कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठले अभियानको स्वागत गर्दै कटारीबाट यो अभियान सुरु हुनु महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]