समाचार

    Showing 21-30 of 650 items.
  • मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशनबाट अध्यक्षमा होमराज दाहाल

    इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम अधिवेशन शनिबार इटहरीस्थित कुबेर होटलको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले होमराज दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधिका कार्की (बस्नेत), सचिवमा रामकुमार दाहाल, सहसचिवमा राजेश दाहाल र कोषाध्यक्षमा रामबाबु दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तोयानाथ दाहाल (बासु), टंक दाहाल, ओमनाथ निरौला, राजन केडी, विष्णुप्रसाद दाहाल, सुमन दाहाल र चन्द्रमणि सुवेदी रहेका छन् ।कार्यक्रमको सञ्चालन सचिव रामकुमार दाहालले गरेका थिए भने अध्यक्षता होमराज दाहालल

    • प्रकाशित मितिः असार २७, २०८३
    • 857 पटक पढिएको
    • नेपाल रेखा
  • तिनसय छात्रालाई शैक्षिक सामग्री वितरण

    रङ्गेली l रङ्गेली नगरपालिका मोरङको आयोजनामा कक्षा ८ मा अध्ययनरत १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३०० जना छात्रालाई छात्रासित उपमेयर कार्यक्रममा सम्मान गरिएको हो । सम्मानस्वरूप छात्राहरूले ब्याग तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् । छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरी अवस्थाका परिवर्तनहरू किशोरीको मनोविज्ञान पढाइप्रतिको चासो साइबर अपराधबाट बच्ने उपाय प्राविधिक तथा सीपमूलक शिक्षा मानसिक तनाव कुलत र कुसंगतबाट बच्ने उपायहरू लगायतका विषयमा ३०० जना छात्रालाई अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमका अध्यक्ष तथा रङ्गेली नगरपालिका कि कार्यवाहक नगर प्रमुख

    • प्रकाशित मितिः असार १९, २०८३
    • 86 पटक पढिएको
    • डि पी ढुंगेल
  • त्रिभुवनमा स्वास्थ्य अभिमुखीकरण

    मोरङ l मोरङको रङ्गेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा एक दिने विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका विद्यार्थीहरू, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावकहरू, प्रधानाध्यापक, स्वास्थ्य शिक्षक तथा शिक्षक प्रतिनिधिहरू सहभागी कार्यक्रममा स्वास्थ्य सम्बन्धी किशोरकिशोरी स्वास्थ्य अवस्थाका समस्या, कुपोषण समस्या, आँखा, दाँत, छाला रोग समस्या, स्वास्थ्य सम्बन्धी आधारभूत विषय, स्वास्थ्य शिक्षा, मानसिक रोग समस्या, किशोरीमैत्री विद्यालय, लागूपदार्थ दुर्व्यसन समस्या, व्यक्तिगत सरसफाई लगायतका विषयमा वि

    • प्रकाशित मितिः असार १६, २०८३
    • 540 पटक पढिएको
    • डि. पी. ढुंगेल
  • स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन

    इटहरी । स्वतन्त्र कानून व्यवसायी मंच सुनसरी गठन गरिएको छ । हालै सम्पन्न कानून व्यवसायीहरूको भेलाबाट वरिष्ठ अधिवक्ता सुमन चन्द्र कार्कीको संयोजकत्वमा मंच गठन गरिएको हो ।गठित मंचको सहसंयोजकमा रामराज चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा राजेन्द्रप्रसाद कोइराला, शोभा राई, बलेन्द्र मेहता, लक्ष्मण भट्टराई र पर्शुराम खाँ रहेका छन् ।कानून व्यवसायीहरूको पेशागत हकहित, न्यायिक क्षेत्रको सुदृढीकरण तथा कानून व्यवसायीहरूबीच आपसी सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंच गठन गरिएको बताइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले स्वतन्त्र, निष्पक्ष र प्रभावकारी न्याय प्रणाली निर्माणमा कानून व्य

    • प्रकाशित मितिः असार १३, २०८३
    • 229 पटक पढिएको
    • नेपाल रेखा
  • विवादमा उर्लाबारी नगरपालिका

    विराटनगर : शिक्षा नियमावली, २०५९ को दफा ८५ को उपदफा (१) अनुसार नेपाल सरकारले सार्वजनिक बिदाका दिन विद्यालय बन्द रहने स्पष्ट व्यवस्था गरेको छ। नेपाल सरकारले मन्त्रिपरिषद्बाट २०८२ साल चैत २२ गते हप्तामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उर्लाबारी नगरपालिकाले २०८३ साल जेठ १९ गते आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको थियो । नेपाल शिक्षक महासङ्घ उर्लाबारी शाखाले आइतबारको सार्वजनिक बिदा कटौती गर्न नहुने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेको थियो । निवेदन नम्बर ०८२-WO-०५९८ अनुसार २०८३ असार १

    • प्रकाशित मितिः असार १२, २०८३
    • 455 पटक पढिएको
    • नेपाल रेखा
  • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात - स्वास्थ्य मन्त्रालय

    काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ । उहाँले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश

    • प्रकाशित मितिः असार ११, २०८३
    • 335 पटक पढिएको
    • नेपाल रेखा
  • कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कूल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७० र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कूल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • 337 पटक पढिएको
    • नेपाल रेखा
  • ‘बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनक गर्न सबै पक्षबीच गाम्भीर्यता र समन्वयको खाँचो’

    काठमाडौँ । शान्ति सम्झौतामार्फत दशवर्षे सशस्त्र सङ्घर्ष अन्त्य भएको दुई दशक पुग्दा पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्ने र पीडित परिवारलाई न्याय दिलाउने कार्य अधुरै रहेको भन्दै सरोकारवालाले सबै पक्षबीच गाम्भीर्यता र प्रभावकारी समन्वयको खाँचो औँल्याएका छन् ।विसं २०५९ साल असार ३ गते काठमाडौँबाट सुरक्षा निकायद्वारा पक्राउ गरी बेपत्ता पारिएका विपिन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रमका वक्ताहरूले द्वन्द्वकालीन बेपत्ता व्यक्तिको खोजी र न्यायको विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।तत्कालीन विद्रोही नेकपा (माओवादी) का विद्यार्थी नेता रहेक

    • प्रकाशित मितिः असार ४, २०८३
    • 332 पटक पढिएको
    • नेपाल रेखा
  • २१४ शिक्षकलाई अभिमुखीकरण

      डी.पी. ढुंगेल विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) विराटनगरको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई एकदिने अभिमुखीकरण तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो। टाइम्स पब्लिकेसन प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको संयोजक प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाको पहलमा अभिमुखीकरण सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा विज्ञ प्रदीप बिष्टले सहभागीहरूलाई सहजीकरण गर्नुभएको जनाइएको छ। कार्यक्रममा ९० प्रतिशत महिला शिक्षक र १० प्रतिशत पुरुष शिक्षक रहेको जनाइएको छ। प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार बदलिँदो शैक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 669 पटक पढिएको
    • नेपाल रेखा
  • काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस

    काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ ।सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो ।विद्युत् खरिद सम्झौता (पिपीए) गरेर पनि लामो समयसम्म निर्माणमा नगई ‘झोलामै लाइसेन्स’ राख्ने प्रवर्द्धकमाथि उक्त कदम चाल्न सिफारिस गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । समितिले शून्य प्रगति रहेका एक हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 224 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]