शान्ति, संयमता र सामाजिक सद्भाव कायम गर्न मन्त्री मेहताको आग्रह

  • साउन ११, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।
मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गर्नुभएको छ । उहाँले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो ।

सुनसरीमा कफ्र्यु तथा निषेध आदेश जारी

सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
कार्यालयले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । उक्त आदेश उल्लङ्घन भएमा एक हजार जरिवाना वा एक महिनासम्म कैद हुनसक्ने प्रशासनले जनाएको छ ।
कार्यालयले इलाका (क) अन्तर्गत भण्टाबारी बजार क्षेत्रमा पूर्वतर्फ जुनिया टोल, पश्चिमतर्फ पश्चिम घुस्की धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्म कफ्र्यू आदेश जारी गरेको छ ।
साथै इलाका (ख) घुस्की बजार क्षेत्रमा पूर्वतर्फ मोरङ्गा धार खोला, पश्चिमतर्फ इङ्गिलस फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालय तथा इलाका (ग) कप्तानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौँ रिसाल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।
कार्यालयका अनुसार इलाका (घ) बस्ती बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ कासिमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर, दक्षिणतर्फ दिलशाद पब्लिक स्कुल तथा इलाका (ङ) (देवानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरिया खोला, उत्तरतर्फ बिड्रा मिल र दक्षिणततर्फ गापा कार्यालयसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

निषेध आदेश जारी

सुनसरी जिल्ला सुरक्षा समितिको आजको बैठकले जिल्लाका विभिन्न स्थानमा निषेध आदेश जारी गरेको छ । कार्यालयले हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा उक्त आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आज बिहान ७ः०० बजेदेखि साँझ १९ः०० बजेसम्म एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।
कसैले उक्त आदेशको उल्लङ्घन गरेमा सोही उपदफा बमोजिम पाँच हजारसम्म जरिवाना र एक महिनासम्म कैद हुनसक्ने कार्यालयको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक स ...

नेकपाको नेतृत्वमा कर ...

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्य ...

एक हजार ३७१ चालकलाई ...

काठमाडौँ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी म ...

रसुवाको भोटेकोसीमा ग ...

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित वि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]