जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

  • साउन ३१, २०८३ / नेपाल रेखा
alt

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।
सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य निरीक्षक श्रेष्ठले सर्वसाधरणलाई आग्रह गनुएभयो ।

इन्डोनेसिया भूकम्पः ...

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको ...

ग्यासको प्रतिक्षामा ...

भक्तपुरको मध्यपुर थिमी चारदोबाटोमा बस्ने होमक ...

फेरिँदैछ सम्बन्ध बिच ...

सन्तोष गौतम म्याग्दी । म्याग्दी जिल्लामा सम्बन्ध बिच्छे ...

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]