मुख्य समाचार

    Showing ८१-९० of ९१ items.
  • श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन माग

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका बिभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’ त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भा

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • १३० पटक पढिएको
    • "नेपाल रेखा"
  • कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

    विराटनगर । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरूले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा उनीहरूले संयुक्त रूपमा परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरूले क्वारेन्टाइनमा बसेकाहरूको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए । समितिका प्रमुखहरूले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वार

    • प्रकाशित मितिः बैशाख १८, २०७७
    • १५८ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका बालबालिकालाई खोप लगाइदै

    इटहरी । लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ । इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ । बैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने छ । वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र २४ बैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकम

    • प्रकाशित मितिः बैशाख १८, २०७७
    • १५८ पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषिलाई प्राथमिकता दिनु पर्ने अर्थविदको भनाई

    विराटनगर । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा आयोजित छलफलमा उनीहरूले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इण्डष्ट्रियल लिङ्केज हुने नीतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरका रूपमा परिणत गर्न सकिने उनीहरूको धारणा छ । अर्थशास्त्री डा. भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना, न

    • प्रकाशित मितिः बैशाख १८, २०७७
    • २०७ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुनसरीमा मानव अधिकार अनुगमन समिति गठन

    इटहरी । कोभिड–१९ को सन्दर्भमा सुनसरी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति वुधवार गठन गरिएको छ ।मानव अधिकार अनुगमन समितिको सुनसरी जिल्ला संयोजक अमर खड्का र सदस्यहरुमा शारदाप्रसाद अधिकारी, रामसुन्दर मेहता, रमेश भट्टराई र मौसम राई रहेका छन् । यी मध्ये खड्का नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष हुन् भने शारदाप्रसाद अधिकारी नेपाल बार एशोसिएसन सुनसरी बार इकाई अध्यक्ष हुन् । साथै रामसुन्दर मेहता गैर सरकारी संस्थाबाट प्रतिनिधित्व गर्छन् भने रमेश भट्टराई मानव अधिकारको क्षेत्रमा क्रियाशिल छन् । मौसम राई महिला मानव अधिकारको क्षेत्रमा क्रियाशिल रहेकी छन् । यो समितिले वर्तमान जटिल परिस्थितिमा

    • प्रकाशित मितिः बैशाख १७, २०७७
    • १२४ पटक पढिएको
    • "नेपाल रेखा"
  • कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा फितलो व्यवस्थापन

    सुनसरी । सप्तरीको भारदहस्थित कोसी आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकहरुले आफूहरुलाई आधारभूत व्यवस्थापकीय सामाग्री समेत नभएको गुनासो गरेका छन् । आफूहरु विकास निर्माण सम्बन्धी मजदुरी गर्न भारतबाट आएको उनीहरुमध्येका एक आबुक कलामले बताए । कोरोना भाइरसका कारण नेपाल र भारतमासमेत लकडाउन भएपछि उनीहरु घर फर्किन खोज्दा क्वारेन्टाइनमा बस्नु परेको हो । सो क्वारेन्टाइनमा ७२ जना भारतीय नागरिक छन् । उनीहरु सबै भारत सिपोल जिल्ला वीरपुरका हुन् । उनीहरुले बिहान बेलुका दाल र भात बाहेक अन्य खाद्य सामाग्री केही नभएको बताए । उनीहरु सो क्वारेन्टाइनमा बसेको वुधबार १० दिन पूरा हुदैछ । सो क्वारेन

    • प्रकाशित मितिः बैशाख १७, २०७७
    • ८७ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन्दरहरैंचामा लक डाउन कडा

    मोरङ । कोरोना भाइरसको संक्रमण नफैलियोस भने नेपाल सरकारले लगाएको लकडाउनको पूर्ण रुपमा पालना नभएको भन्दै चौतर्र्फी आलोचना भइरहेको समयमा गृह मन्त्रालयले लकडाउनलाई थप कडा पार्न निर्देशन गरे वमोजिम प्रदेश नम्बर १ का बिभिन्न ठाउँमा कडाइ गर्न थालिएको छ । लकडाउनको समयमा समेत विभिन्न वहाना वनाएर जथाभावी रुपमा घर वाहिर निस्कने कार्यलाई निरुत्साहित गर्न सुरक्षाकर्मीहरु कडाइ गर्न थालेका हुन् । मोरंगको सुन्दरहरैंचा क्षेत्रमा समेत लकडाउन पालना नगरि विभिन्न वहाना वनाएर बजार, चौक क्षेत्रमा निस्कनेहरुलाई सशस्त्र प्रहरी बल हाइवे चेक पोष्ट सलकपुरले कारवाही गरेको छ । लकडाउनको उलंघलन गरी हिड्ने व्यक्ति तथा सवारी

    • प्रकाशित मितिः बैशाख १६, २०७७
    • ४९ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा विहान सात बजेदेखि १० बजेसम्म खाद्यन्न पसल खुलाउन दिइने

    इटहरी । इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न, तरकारी र फलफुलका पसल खुल्ला गरिने भएको छ । म्ंगलबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समितिसँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न, तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो । वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीनघण्टा खुल्ला गर्ने निर्णय गरिएको हो । सवारी साधन प्रयोग नगरि एक परिवारवाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।तोकिएको समयमा खरिद व

    • प्रकाशित मितिः बैशाख १६, २०७७
    • ३८७ पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउन अझै एक साता लम्ब्याउने तयारी

    काठमाडौं / उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो । -सञ्चारपाटीबाट

    • प्रकाशित मितिः बैशाख १३, २०७७
    • ६२ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका दलहरु एक ठाम, राहत प्रक्रिया व्यबस्थित बनाउन सर्वदलिय संयन्त्र

    इटहरी/ इटहरी उपमहानगरपालिकाको राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राजनितिक दलहरुले नियमन र अनुगमन गर्ने भएका छन् । इटहरीमा क्रियाशिल राजनीतिक दलहरुका बिचमा सर्वदलिय संयन्त्र बनाई स्थानीय सरकारलाई कोभिड १९ का बिरुद्ध लड्न आवश्यक सल्लाह र र नीति बनाउन समेत सहयोग गर्न दलहरु त्यार भएका छन् ।कोरोना भाईरस( कोविड १९)का कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा केही समस्या देखिएको भन्दै, वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाले सवैदलिय संयन्त्र मार्फत काम गर्न सहमति जुटेको हो । संवाद समुह सनुसरीले आयोजना गरेको अनलाईन संवादमा सहभागी दलका प्रमुखहरुलदे हरुले कठिन समयमा प्रदान

    • प्रकाशित मितिः बैशाख १३, २०७७
    • १४९ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]