अत्यावश्यक उद्योग संचालन गरिदै

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
खुला गरिने उद्योग, व्यवसाय
औषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्षी दाना, खाने तेल तथा घ्यू, चिनी, चिया प्रशोधन, कफी, एलपी ग्यास, प्याकेज सामग्री, पाउरोटी, बिस्कुट, कन्फेक्सनरी, चाउचाउ, मसला, दाल, अलैँची, अदुवा प्रशोधन, पशुपक्षीपालन, धान, चामल, चिउरा, पशु औषधि, खनिजजन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, फलाम तथा स्टिल, पेन्टिङ, जीआई र प्लास्टिक पाइप, फिटिङ, विद्युतीय सामग्री, जुस तथा हल्का पेय पदार्थ, प्लाइउड र भेनिर, विद्युत् उत्पादन तथा प्रसारणसम्बन्धी उद्योग, जस्तापाता, हेभी मेसिन औजार मर्मत, फलाम, खरी, चुनढुङ्गा, डोलोमाइट, सःमिल, काष्ठ उद्योग, आल्मुनियम, ग्रिल, फोहोरमैला सङ्कलन तथा प्रशोधन, ढुवानी तथा कार्गो सेवा, मेसिन पार्टपुर्जा वर्कसप, मोटर ग्यारेज वर्कसप, छापाखाना तथा प्रेससम्बन्धी उद्योग, लघु तथा घरेलु, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबै उद्योग, औद्योगिक क्षेत्रका सबै उद्योग ।

बन्द रहने उद्योग व्यवसाय
विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री गर्ने व्यावसायिक महल तथा स्टोर, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क लगायतका सार्वजनिक स्थल, सार्वजनिक जमघट, धार्मिक स्थल (मन्दिर, गुम्बा, मिस्जद, चर्च)मा हुने भेला तथा सांस्कृतिक कार्यक्रम, रङ्गशाला, खेलकुद स्थल, फुटसल, जिमखाना, फिटनेस सेन्टर, शारीरिक सुगठन, ब्युटीपार्लर, सैलुन, होटल, बार, रेस्टुराँ, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान, केबलकार, रेल सेवा ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]