फरवार्डले २५ लाख राहत दिने "३ महिनाको ३ प्रतिशत व्याज छुट गरिने"

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ ।
भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ ।
प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारलाई १÷१ लाख रुपैया तथा गण्डकी र कर्णली प्रदेशमा रहेको शाखा कार्यालय मार्फत स्थानीय तहलाई राहतका लागि रकम प्रदान गर्ने निर्णय भएको फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले जनाउनुभयो । ‘अहिलेको अवस्थामा कोरोना भाइरस महामारीबाट मुलुक र जनतालाई कसरी बचाउने भन्नेमा सवैको ध्यान केन्द्रित भएकोले संस्थाका तर्फवाट संघीय र प्रदेश सरकारलाई राहत प्रदान गर्ने निर्णय गरेका हौ’ चौधरीले वताउनुभयो ।
यसैबिच फरवार्डले चैत्र देखि असार सम्मको ब्याज ऋणमा ३ प्रतिशत छुट दिने समेत निर्णय गरेको छ । बोर्ड बैठकले विभिन्न क्षेत्रमा लगाएको कर्जामा ३ प्रतिशत ब्याजमा छुट दिने निर्णय गरेको हो । कोरोना भाइरसको उपचारमा संलग्न चिकित्सक, कर्मचारी तथा सुरक्षा निकायलाई ब्यक्तिगत सुरक्षा (पिपिई) सामग्री समेत दिने निर्णय गरेको छ । मुलुकलाई विपत्ती परेको बेला नीजि क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तरगत राज्यलाई सहयोग गर्नुपर्छ भन्ने अभिप्रायले राहतदिने निर्णय गरेका हौ पूर्व राज्यमन्त्री तथा नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ चौधरीले वताउनुभयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]