समाज

    Showing 11-20 of 181 items.
  • विवादमा उर्लाबारी नगरपालिका

    विराटनगर : शिक्षा नियमावली, २०५९ को दफा ८५ को उपदफा (१) अनुसार नेपाल सरकारले सार्वजनिक बिदाका दिन विद्यालय बन्द रहने स्पष्ट व्यवस्था गरेको छ। नेपाल सरकारले मन्त्रिपरिषद्बाट २०८२ साल चैत २२ गते हप्तामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उर्लाबारी नगरपालिकाले २०८३ साल जेठ १९ गते आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको थियो । नेपाल शिक्षक महासङ्घ उर्लाबारी शाखाले आइतबारको सार्वजनिक बिदा कटौती गर्न नहुने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेको थियो । निवेदन नम्बर ०८२-WO-०५९८ अनुसार २०८३ असार १

    • प्रकाशित मितिः असार १२, २०८३
    • 479 पटक पढिएको
    • नेपाल रेखा
  • २१४ शिक्षकलाई अभिमुखीकरण

      डी.पी. ढुंगेल विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) विराटनगरको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई एकदिने अभिमुखीकरण तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो। टाइम्स पब्लिकेसन प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको संयोजक प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाको पहलमा अभिमुखीकरण सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा विज्ञ प्रदीप बिष्टले सहभागीहरूलाई सहजीकरण गर्नुभएको जनाइएको छ। कार्यक्रममा ९० प्रतिशत महिला शिक्षक र १० प्रतिशत पुरुष शिक्षक रहेको जनाइएको छ। प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार बदलिँदो शैक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 718 पटक पढिएको
    • नेपाल रेखा
  • झुपडीबाट पक्की घरमा फेरिंदै लहानको मुसहर बस्ती

    सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । लहान नगरपालिका र ‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’को कुल एक करोड २८ लाखभन्दा बढीको द्विपक्षीय लगानी, स्थानीय भवानी एकीकृत विकास केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरण र स्थानीयको श्रमदानमा निर्माण गरिएका यी सुरक्षित घरहरूले वर्षौंदेखि ओत खोजिरहेका दलित परिवारको जीवनस्तर नै बदलिदिएको छ ।यो सुखद परिवर्तनले बस्तीकी ५० वर्षीया शान्ति सदायको अनुहारमा पनि बेग्

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 194 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व आदर्श कलेजद्वारा रक्तादान कार्यक्रमको आयोजना

    इटहरी । शिक्षासंगै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको इटहरी–४ स्थित विश्व आदर्श कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कलेज अन्तर्गतको स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा सम्पन्न कार्यक्रममा ७६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव सेवामा योगदान दिएका थिए ।सामाजिक क्लबकी अध्यक्ष अनिशा पाठकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापत

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 215 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

    मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचाँै वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम पाँचौँ वार्षिक (आव २०८१÷८२) प्रतिवेदन पेस गरेका हुन् । प्रमुख खापुङले दलित समुदायमा माथि हुने विभेद अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राखे । आयोगका सदस्य सुन्दर पुर्कोटीले दलितमाथि हुने विभेद र छुवाछुत अन्यका लागि तीन तहको सरकारले वर्ममान कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा

    काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सम्पन्न भएको छ । अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेषसत्र आयोजना गरिएको थियो, जहाँ नेपालको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर)को अवस्था, उपलब्धि र चुनौतीबारे छलफल गरिएको महिला, कानुन र विकास मञ्चले जनाएको छ ।नेपालसम्बन्धी उक्त विशेषसत्र मञ्च, ओरेक नेपाल र वन हर्ट वल्र्ड वाइडको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । सत्रमा नेपालमा प्रजनन स्वास्थ्य अधिकारको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था, सामाजिक चुनौती र सुधारका सम्भावनाबारे बहुआयामिक

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 203 पटक पढिएको
    • नेपाल रेखा
  • एकीकृत परिवार योजना शिविरः सेवा छ, पुरुष सेवाग्राही छैनन्

    काठमाडौँ । पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएका त्यस्ता शिविरमा स्थायी ‘मिनील्याप’ सेवा लिने महिलाका तुलनामा ‘भ्यासेक्टोमी’ सेवा लिन पुरुषले कम रुचि देखाएका हुन् ।गत मङ्सिर ८ गतेदेखि २६ गतेसम्म कैलालीका विभिन्न १० स्थानमा सञ्चालन गरिएका घुम्ती शिविरमा दुई सय ११ जनाले परिवार योजनाका स्थायी सेवा लिएका थिए । तीमध्ये एक सय ९३ महिला

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • अनलाइन जोखिमबाट बालबालिका जोगाउनु सबैको जिम्मेवारी – सांसद सपना परियार

    इटहरी । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका अनलाइन जोखिममा पर्दै गएकाले राज्य, नागरिक समाज, अभिभावक र विद्यालय सबैले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य सपना परियारले जोड दिएकी छन् ।अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौन दुव्र्यवहार र शोषणविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ भ्वाइस अफ चिल्ड्रेनद्वारा सञ्चालित दोस्रो परियोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै उनले भ्वाइस अफ चिल्ड्रेनले सुरु गरेको यो परियोजनाले बालबालिकाका लागि सुरक्षित डिजिटल वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । साथै, बालबालिकाको आवाज नीतिनिर्माण तहसम्म पुर्याउन यस्

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 326 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा स्व. दिपेश श्रेष्ठको सम्झनामा बनेको फलैंचा टोल विकास संस्थालाई हस्तान्तरण

    इटहरी । खोटाङमा जन्मी हाल सुनसरीको इटहरी–४ हलगडामा बसोबास गर्दै आएका स्व. दिपेश श्रेष्ठको सम्झनामा गरिएको समाजसेवी कामले स्थानीय बासिन्दा तथा युवाहरुको मन छोएको छ ।२०३८ फागुन १६ गते जन्मिएका दिपेश श्रेष्ठको २०८० फागुन २७ गते असामयिक निधन भएको थियो । उनको नाममा साथीभाइहरुले सुरु गरेको सामुदायिक काम यतिबेला उदाहरणीय बनेको छ ।स्व. श्रेष्ठको सहयोगी स्वभाव र सबैलाई जोडेर राख्ने क्षमताबाट प्रेरित साथीहरु–रोशन श्रेष्ठ, किरण भुजेल, समीर कार्की, बादल थापा, दिनेश श्रेष्ठ, जोशन श्रेष्ठ, सन्जिप श्रेष्ठ, रविन श्रेष्ठ, महेन्द्र खड्का, बज्र लिम्बू, रुद्र श्रेष्ठ, शैलेन्द्र राजधामी लगायतका युवाहरु

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 591 पटक पढिएको
    • नेपाल रेखा
  • दुबै मृगौला फेल भएका केदार राईको जीवनरक्षाका लागि सहयोगको अपिल

    इटहरी । संखुवासभाको साविक मत्स्यपोखरी–८ हाल चिचिला गाउँपालिका–५, गैरी गाउँका ३१ वर्षीय समाजसेवी तथा प्रेरणादायी युवा केदार राई अहिले जीवन–मरणको संवेदनशील मोडमा उभिएका छन् । बुद्धिजीवी, सामाजिक अगुवा र सेवाभावी स्वभावका कारण समुदायमा सबैका प्रिय मानिने केदारका दुवै मृगौला फेल भइसकेको छ ।हाल उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निरन्तर डायलाइसिस उपचार गराइरहेछन् । तर, चिकित्सकले बताए अनुसार केदार राईको जीवन बचाउनका लागि चाँडै मृगौला प्रत्यारोपण गर्नु पर्नेछ । तर, प्रत्यारोपणका लागि चाहिने ठूलो धनराशी उनी र उनको परिवारका लागि क्षमताभन्दा बाहिरको विषय बनेको छ । पा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 1,516 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]