विश्व आदर्श कलेजद्वारा रक्तादान कार्यक्रमको आयोजना

  • जेठ १७, २०८३ / नेपाल रेखा
alt

इटहरी । शिक्षासंगै सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको इटहरी–४ स्थित विश्व आदर्श कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कलेज अन्तर्गतको स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा सम्पन्न कार्यक्रममा ७६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।
सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव सेवामा योगदान दिएका थिए ।
सामाजिक क्लबकी अध्यक्ष अनिशा पाठकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेडक्रका सभापती भट्टराईले शरीरमा खेर जाने रगत दान गर्दा कसैको अमूल्य जीवन बचाउन सकिने भएकाले रक्तदान सबैभन्दा ठूलो मानवसेवा भएको बताए । उनले पछिल्लो समय रगतको अभावका कारण बिरामीहरूले समस्या भोग्नु परेको उल्लेख गर्दै युवाहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे ।
भट्टराईले इटहरीमा व्यवस्थित रगत संकलन केन्द्र नहुँदा संकलित रगत धरान पठाउनुपर्ने अवस्था रहेको जानकारी दिँदै स्थानीय सरकारसँग समन्वय गरी इटहरीमै रक्तसञ्चार केन्द्र स्थापना गर्ने पहल भइरहेको बताए ।
त्यसैगरी कलेजका अध्यक्ष लेखनाथ घिमिरेले शिक्षा मात्रै नभई समाजप्रति उत्तरदायी बन्न सिकाउनु पनि शैक्षिक संस्थाको दायित्व भएको बताए । उनले कलेजले विगतदेखि नै रक्तदान लगायत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कलेजका प्राचार्य गणेश दुलालले वर्षमा दुई पटक सामाजिक सर्कलमार्फत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रम समापन गर्दै क्लबकी अध्यक्ष अनिशा पाठकले संकलित रगतले धेरै बिरामीलाई नयाँ जीवन दिने विश्वास व्यक्त गरिन् ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा सह–प्राचार्य रितेश चौधरी, भाइस प्रिन्सिपल मोहन प्रसाद निरौला लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

गर्मी छल्न पौडी ...

सुनसरीको इनरुवा नगरपालिका-६ स्थित सुनसरी मोरङ सिचाइँ आय ...

गृहमन्त्रीलाई ज्ञाप ...

बाराको निजगढमा मङ्गलबार गृहमन्त्री सुधन गुरुङ ...

भानुजयन्ती प्रभातफेर ...

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका ...

मादी माध्यमिक विद्या ...

इटहरी । संखुवासभाको मादी माध्यमिक विद्यालय पूर्व विद्या ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]