इटहरीमा स्व. दिपेश श्रेष्ठको सम्झनामा बनेको फलैंचा टोल विकास संस्थालाई हस्तान्तरण

  • मंसिर ९, २०८२ / नेपाल रेखा
alt

इटहरी । खोटाङमा जन्मी हाल सुनसरीको इटहरी–४ हलगडामा बसोबास गर्दै आएका स्व. दिपेश श्रेष्ठको सम्झनामा गरिएको समाजसेवी कामले स्थानीय बासिन्दा तथा युवाहरुको मन छोएको छ ।
२०३८ फागुन १६ गते जन्मिएका दिपेश श्रेष्ठको २०८० फागुन २७ गते असामयिक निधन भएको थियो । उनको नाममा साथीभाइहरुले सुरु गरेको सामुदायिक काम यतिबेला उदाहरणीय बनेको छ ।
स्व. श्रेष्ठको सहयोगी स्वभाव र सबैलाई जोडेर राख्ने क्षमताबाट प्रेरित साथीहरु–रोशन श्रेष्ठ, किरण भुजेल, समीर कार्की, बादल थापा, दिनेश श्रेष्ठ, जोशन श्रेष्ठ, सन्जिप श्रेष्ठ, रविन श्रेष्ठ, महेन्द्र खड्का, बज्र लिम्बू, रुद्र श्रेष्ठ, शैलेन्द्र राजधामी लगायतका युवाहरुले २०८२ सालको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम समाज उपयोगी काममा खर्च गर्ने निर्णय गरेका थिए ।
उक्त रकमबाट निर्माण गरिएको फलैंचा इटहरी–४ स्थित गंगालाल टोल विकास संस्थालाई एक समारोहकाबीच हस्तान्तरण गरिएको छ ।
उनका साथी जोशन श्रेष्ठले भने,–‘दिपेश सधैं समाजका लागि केही गर्नुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । उहाँकै सम्झनालाई जीवित राख्न हामीले यो सामुदायिक उपयोगको संरचना निर्माण गरेका हौं ।’
स्थानीय टोलवासीले स्व. दिपेश श्रेष्ठको सम्झनामा गरिएको यो कामले समुदायमा सकारात्मक सन्देश पुर्याएको र युवाहरुबीच सामाजिक चेतना वृद्धि भएको प्रतिक्रिया दिएका छन् । यसरी साथीद्वारा गरिएको सहयोग र सम्झनाको उदाहरणले समाजमा एकताको भावना बढाउने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]