बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् । बैसाख ३० गते देशै भरिका ७५३ स्थानिय तहमा हुने निर्वाचनको उत्साह लगभग अहिले हरेक नेपाली जनताको घर आगनमा प्रवेश गरिसकेको छ । जनताको शासन स्थापीत गर्न संबिधानमा ब्यवस्था भएको आवधिक निर्वाचनले नै संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाश पनि गर्ने छ । यद्दपी, अहिले पनि स्थानिय सरकारको कार्यकुशलता, शुसासन, पारदर्शीता र जवाफदेहिता साथै प्रभावकारि सेवा बितरणमा अझै
नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ । सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् । सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई
नपालरेखा ।ईटहरी । नेकपा एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियू सुनसरीकी प्रखर नेता अन्जु पाण्डेले २३२ मतको भारी अन्तरले सुनसरी जिल्ला सदस्य पदमा निवार्चित भएकी छन् ।अनेरास्वबियू बिद्यार्थी महिला कोटाबाट उम्मेदवारी दिएकी उनले आठ सय ७४ मत प्राप्त गरि बिजय हासिल गरेकी हुन् । नेता अन्जु पाण्डेको निकटतम प्रतिद्वन्दि मोनालिसा श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरेकी थिईन् । २७ गते, मंगलवार सुनसरीको ईनरुवामा भएको निवाचनमा अनेरास्वबियू बिद्यार्थी महिला क्लसटरमा कुलमत अठार सय ५ खसेकोमा तिन सय ५ मत बदर हँदा कुल मत पन्ध्र्र सय रहेको थियो । लामो समयदेखि एमाले
नेपालरेखा÷गछिया (मोरङ) । स्वतन्त्र पत्रकार संघ कुनै न कुनै रुपबाट मानविय सेवामा समर्पित बनेको छ । स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डेको अगुवाईमा भएका सामाजिक अभियानका गतिविधिहरु कुनै कुनै रुपबाट भई नै रहेका छन् । कहिले मिडियाको नामबाट त कहिले वैवाहिक वर्ष वा जन्म दिन पारेर सामाजिक अभियानमा जोडिने काम भईरहेको छ । कहिले विद्धाश्रम त कहिले बालआश्रम त कहिले दुःखमा छटपटाएका आर्थिक पहुँच नभएका रोगले ग्रस्त भएका व्यक्तिका थुपडीमा स्वतन्त्र पत्रकार संघ पस्ने गरेको छ । यस्तै क्रममा पुस १२ गते सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ को मुसहरी टोल (गछिया)मा आर्थिक अभ
खगेन्द्र कार्कीगोठगाउँ (सुन्दरहरैंचा, मोरङ) । मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज नेपालको दशौं साधारणसभा सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित अगेनो होटलको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । सो साधारणसभाको बन्द सत्रबाट टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा द्वय विवेक भट्टराई र बिमला चौहान चुनिएका छन भने महासचिवमा पुनः ललितबहादुर निरौला चयन भएका छन् । यसैगरी समितिको सचिवमा भिम प्रसाद घिमिरे, कोषाध्यक्षमा पुनः खगेन्द्र प्रसाई, सहकोषाध्यक्षमा सूर्य बहादुर थापा चयन भ
नपालरेखा ÷गछिया । मोरङ्गको सुन्दर हरैचा नगरपालिका ३ नं. वडा गछिया ईराक टोलका यूवा भिमबहादुर प्रधानको परिवारले उपचारका लागि सवैसंग सहयोगको याचना गरेका छन् ।छोराको दुवै खुट्टामा घाउ भएर ओछ्यानमा थला परेर असक्त र असहाय बनेका प्रधानकी आमा सीता प्रधानले यस्तो याचना गरिकी हुन् । एघार वर्ष अगाडी श्रीमानको देहान्त पछि तीन छोराहरुको साथमा बस्दै आएकी सीता कमाई गर्ने जेठो छोरा रोग तथा घाउले थलिएपछि अहिले झन चिन्तित बनेकी छिन् । उनी भन्छिन्–‘खोलाले घर बगाईदियो, श्रीमान बित्नुभयो ।’ अहिले जेठो छोरा रोग र घाउले थलिएर असक्त छ भन्दै दुखेसो पोख्छिन् । गछिया ईराकटोलमा आफ्नै घरमा वस्दै
प्रेम तुलाधरनेपालमा विभिन्न धर्म,सम्प्रदाय मान्ने व्यक्तिहरु छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा नाम चलेका विभिन्न धर्मावलम्बीहरु छन् । ती मध्ये केही यस प्रकार छन्ः हिन्दू धर्मावलम्बीहरुको संख्या ८१.३४५,बौद्घ धर्मावलम्बीहरुको संख्या ९.०४५,इस्लाम धर्मावलम्बीहरुको संख्या४.३८५,,किरात धर्मावलीहरुको संख्या ३.०४५,क्रिस्चियन धर्मावलम्बीहरुको संख्या १.४१ ५ ,प्रकृति धर्मावलम्बीहरुको संख्या०.४६ ५ रहेको छ । यसबाट हेर्दा हिन्दू धर्म मान्नेहरुको संख्या अत्याधिक देखिन्छ ।आज यिनै हिन्दुहरुको महान चाड र देशकै महत्वपूर्ण चाड बडा दशैंको पहिलो दिन हो जसलाई घटस्थापना भनिन्छ । हिन्दूहरुको बाहुल्यता भएको नेपालम
– शालिग्राम पाण्डे प्रधानन्यायाधीशज्यू, न्यायालयको सुधारका लागि जनताले तपाईबाट धेरै अपेक्षा गरेका थिए । प्रधानन्यायाधीशहरूको पाँच बर्से कार्यकाल यसअघि विरलै न्यायाधीशहरूको हुने गर्दथ्यो । तपाईको कार्याकाल पूरा पाँच वर्षको छ । तर यस अवधिमा न्यायालयभित्र मौलाएको विकृति–विसङ्गतिलाई हटाउन ध्यान नगएको हो वा ध्यान दिएर पनि नसकेको हो भन्न सकिएन । केही महिना अघिमात्र सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पेस गर्नुभएको प्रतिवेदनमा न्यायालयको सुधारका लागि नगरी नहुने केही महत्त्वपूर्ण कुरा आएका छन् । कम्तीमा प्रधानन्यायाधीशज्यूबाट ती विषयलाई न्यूनतम रूपमा केलाएर हेरी सुधार गर्ने प्रय
जनक पाण्डे नपालरेखा / इनरुवा । यो काम ऊ काम किन नगरिदिएको भन्दै कानुन ब्यावशायीहरुले सुनसरी जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारीहरुलाई बारम्बार भनेर दिक्क लगाउने गरेको फाँटका कर्मचारीले गुनासो ब्यक्त गरेका छन् । सुनसरी जिल्ला अदालतको २ नं. मुद्दा फाँटको मुद्दा बिवरण हेर्दै आउनु भएका नायव सुब्बा कर्मचारी तुलसी रिजालले फाँटमा आफ्नो स्वबिवेकले काम गर्ने वातावरण नमिलेको तर्फ संकेत हुनेगरि कानुन ब्यावशायीहरुको कार्यालय भित्र हुने गरेको यस्तो वातावरणले कर्मचारीमा दिकदारी उत्पन्न हुने बताउनु भएको छ । ‘कर्मचारिले अदालतको मूद्दा फैसला प्रभाबित हुनेगरि कुनै काम गर्दैनौ’, मुद्दा फाँटका कर
जनक पाण्डे नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् । दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो । नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो । बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन