कस्तो उम्मेद्वार चयन गर्दा उपयुक्त होला... जनक पाण्डे

  • बैशाख २६, २०७९ / नेपाल रेखा
alt

बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् ।

 

बैसाख ३० गते देशै भरिका ७५३ स्थानिय तहमा हुने निर्वाचनको उत्साह लगभग अहिले हरेक नेपाली जनताको घर आगनमा प्रवेश गरिसकेको छ । जनताको शासन स्थापीत गर्न संबिधानमा ब्यवस्था भएको आवधिक निर्वाचनले नै संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाश पनि गर्ने छ । यद्दपी, अहिले पनि स्थानिय सरकारको कार्यकुशलता, शुसासन, पारदर्शीता र जवाफदेहिता साथै प्रभावकारि सेवा बितरणमा अझै प्रश्न उठिरहेकै छन् । अव निवार्चित भएर आउने जनप्रतिनीधीले यो बिषयलाई गम्भिरता पूर्वक सम्बोधन गर्नुपर्ने छ ।


हरेक पाँच वर्षमा सम्पन्न हुने आवधिक निर्वाचन राजनीतिको एउटा लोकतान्त्रीक प्रकृया हो । जहाँ नागरिकले अक्षम, अयोग्य लाई दण्डित गर्दै सक्षम लाई आफ्नो योग्य उम्मेदवार चयन गर्न पाउने प्रावधान छ । हरेक नागरिकले स्वबिवेकिय ढंगले आफूले रोजेको जनप्रतिनिधि चयन गर्नु भनेको आप्mनो र समाजको पनि भबिश्य निर्माण गर्नु हो । तर फरक धरातलका राजनीतिक दल र बैचारिक गठबन्धनले नागरिकको स्वबिवेकीय मतदान गर्ने अधिकार हनन मात्र नगरेर यतिवेला मतदाता नागरिकहरुलाई अलमलको स्थितिमा पू¥याएको छ ।


तर, निर्वाचनमा मतदाताहरुले कुन दल, गठबन्धन या त स्वतन्त्र उम्मेदवार जो सुकै भएपनि कुनै द्विविधा र अलमलमा पर्नु भन्दा आफुलाई मन परेको अनुशासित र योग्य ब्यक्तिलाई चयन गर्नुले बिशेश महत्व राख्दछ । यसका लागि हामीलाई चाहिएको सक्षम, जनप्रिय, लक्ष्य र प्रतिबद्धता सहितको दुरदर्शी जनप्रतिनीधी हो । जसले नागरिकका समस्यालाई भूँईतह बाट सम्वोधन गर्न सकोस । मलाई लाग्छ नागरिकले जुनसुकै पार्टीको ब्यानरवाट भोटहाले पनि केही फरक नपर्ला । बरु फरक त त्यतिवेला पर्छ, जव नागरिकले योग्य ब्यक्ति र ब्यक्तिवको पहिचान नगरि बिवेक सम्मत ढंगले आफ्नो प्रतिनीधी चयन गर्न सक्दैनन् ।


मूलुक संघिय संरचनामा बदलिए पछि २०७४ सालमा पहिलो पटक स्थानियतहमा बैसाख ३१, असार १४ र असोज २ गते भएको निर्वाचनको हामी मतदाता प्रत्यक्षदर्शी मात्र होईनौ, यद्दपी हामीले स्थानिय तहको शासन अवधिमा जनप्रतिनिधिहरुले गरेका काम कारबाही, सेवा सुविधाका बारेमा प्रत्यक्ष ज्ञान र अनुभव हासिल गरिसकेका छौं । अतः मतदाताहरुलाई यसपटकको निर्वाचनमा स्वबिवेकिय मतदान गर्न खासै गाह्रो नहोला ।


जनप्रतिनीधी हुनका लागि हुनुपर्ने मूख्य गुण भनेको दृष्टिकोण, उम्मेदवारको लक्ष्य र प्रतिबद्धता सहितको नागरिकमा सम–भाव राख्ने क्षमता, कार्य सम्पादनमा तत्परता भएको, कार्यकुशल र पक्षपात रहित ब्यक्तित्व हुनु पर्दछ साथै जनताको सेवामा कहिल्यै नथाक्ने व्यक्तितव हुनु पर्छ । त्यसका लागि कुनै दल बिषेश संग आवद्धता (एसोसिएट) ब्यक्तिनै हुनपर्छ भन्ने छैन, फेरी स्थानिय तहको जिम्मेवारीका लागि त दलको भन्दा ब्यक्तिगत क्षमता र दुरदर्शी चरित्रको ब्यक्तित्व भए पर्याप्त हुन्छ ।


स्थानिय तह भनेको नागरिकका लागि सेवा र सुबिधा डेलिभरी गर्ने ठाँउ हो । यहाँ राजनीती गर्नु पर्दैन । सक्दो जन सहभागितामा काम मात्रै गर्दै जाने ठाँउ हो स्थानिय तह । बरु त्यसका लागि सवै नागरिक स्वतन्त्र रुपले योग्य उम्मेदवार हुन सक्छन् । पार्टीको ब्यानर भन्दा बाहिर नागरिक तह बाट आएको उम्मेदवार आफ्नै अर्थात जनताको लागि आएको हुन्छ र आफ्नै समाजको लागि आएको हुन्छ । उसका कुनै कार्यकर्ता हँुदैनन् । उसको नेतृत्वमा कुनै नेतृत्वको तहगत शीलसीला पनि हँुदैन । उ नितान्त एक्लो हुन्छ । हुन्छन त केवल उसका साथिहरु, नागरिक मात्र । उसले कुनै कार्यकर्ता पाल्नु पनि पर्दैन तसर्थ उ राजनितिक दवाव र प्रभाव बाट मुक्त एउटा स्वच्छ छवीको नेता हुन्छ । र कार्य सम्पादन पनि निश्पक्ष सहज बन्न जान्छ ।


दलगत प्रतिस्पर्धा बाट चुनिने उम्मेदवारमा कुनै एकको बिजय पछि पनि दलगत इगो रहिरहने र जिम्मेवारीका कार्य सम्पादनमा समेत असर पर्न जाने इटहरी नागरिक समाजका अध्यक्ष– राजु के.सी. को बुझाई रहेको छ । हुने, बन्ने र बन्न लागेको काम समेत दलगत इगोको कारण प्रभावित भएका घटना स्मरण गर्न सकिने केसीले बताएकाछन् ।


“उम्मेद्वारले दुईखालको ईमेज बोकेका हुनसक्छन्, भर्चुअल ईमेज (आभास दिलाउने छवी) र रियल ईमेज (वास्तबिक छवी) ।, उम्मेदवारको वास्तविक धरातलमा उभिएकोे ईमेज (छवी) नै मतदाताका लागि निर्णायक बन्ने हो ।’ जसले नागरिकका लागि असल र ईमान्दार साथी जनप्रतिनीधीको चयन गर्न सक्छ ।” नागरिक समाजका अध्यक्ष के.सी. भन्छन् – ‘यो कुरा मतदाता नागरिकले बुझ्न सके आगामी निर्वाचनमा ‘स्वबिवेकीय मतको तयारी गर्न अझ सजिलो हुन्छ ।’


डर, धाक, धम्की र लोभ प्रलोभनमा नपरि हरेक नागरिक मतदाताले स्वबिवेकीय मतले आफ्नो जनप्रतिनीधी चयन गर्न सकेमात्र समाजमा सुरक्षा र समृद्धिको आधारशीला तयार हुनसक्छ । आम समाज सुखी र खुसी बन्न सक्छ । एकछिन छातिमा हात राखेर पवित्रहृदयले सोचांै ।


कुनै दल बिषेशको जितमा सवैभन्दा बढी खुसी को होला..? नागरिक, कार्यकर्ता या उम्मेदवारका दाजुभाई की आफन्त... ? अवश्य पनि आम—नागरिक हुनुपर्छ । किनभने यस्तो जितमा आम नागरिकको सामाजिक महत्वाकाँक्षा जोडिएको हुन्छ । तर बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् ।

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]