बडादँशैको पहिलो दिन आज घटस्थापना प्रेम तुलाधर

  • आश्विन २१, २०७८ / नेपाल रेखा
alt

प्रेम तुलाधर
नेपालमा विभिन्न धर्म,सम्प्रदाय मान्ने व्यक्तिहरु छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा नाम चलेका विभिन्न धर्मावलम्बीहरु छन् । ती मध्ये केही यस प्रकार छन्ः हिन्दू धर्मावलम्बीहरुको संख्या ८१.३४५,बौद्घ धर्मावलम्बीहरुको संख्या ९.०४५,इस्लाम धर्मावलम्बीहरुको संख्या४.३८५,,किरात धर्मावलीहरुको संख्या ३.०४५,क्रिस्चियन धर्मावलम्बीहरुको संख्या १.४१ ५ ,प्रकृति धर्मावलम्बीहरुको संख्या०.४६ ५ रहेको छ । यसबाट हेर्दा हिन्दू धर्म मान्नेहरुको संख्या अत्याधिक देखिन्छ ।आज यिनै हिन्दुहरुको महान चाड र देशकै महत्वपूर्ण चाड बडा दशैंको पहिलो दिन हो जसलाई घटस्थापना भनिन्छ ।


हिन्दूहरुको बाहुल्यता भएको नेपालमा अन्य धर्मावलम्बीहरुमा पनि केही मात्रामा भए पनि बडा दशैंको प्रभाव परेको देखिन्छ ।
आज घटस्थापना अर्थात जमरे औंशी । आजबाट हर्ष उल्लासको पर्व बडादशैं पर्व शुरु भयो । आज विहानै संभव भए सम्म अलग्गै कोठामा नभए आफ्नो अवस्था अनुसारको स्थानमा जमरा रोप्ने गरिन्छ । जमराको लागि सफा बालुवा ल्याई सो स्थानलाई सफा सुघर गरेर जौ,मक,धान आदि रोपिन्छ ।

आजबाट नौं दिनसम्म जमराको पूजा आजा गरिन्छ भने आजबाट नवरथा पनि शुरु हुन्छ । एका विहानै उठी मन्दिरहरुमा गई शक्तिपीठहरुको दर्शन, पूजा गरिन्छ । तामा वा माटोको घट वा कलश स्थापना गरी नवदूर्गाको आराधना गरिदै पूजा गरिने भएकोले आजको दिनलाई घटस्थापना भनिएको हो ।

जमरा रोप्दा प्रकाश नछिर्ने स्थानमा रोपिन्छ जसले गर्दा जमरा पहेलो हुन्छ । जमरा बिनाको दशैं खल्लो हुने गर्दछ । जमरा रोप्दा कतिपयले बालुवामा माटो पनि मिसाएर रोप्ने गर्दछ । परिवारको सदस्य संख्याको आधारमा जमरा रोपिन्छ । धेरै सदस्य संख्या छन् भने त्यही अनुसारको धेरै मात्रामा ठूलो ठाउँमा जमरा रोपिन्छ । कति परिवारले भने संयुक्त रुपमा पनि जमरा रोप्ने, दशैं मान्ने गर्दछन् । यसका लागि दशैं घर निर्माण गरी जमरा रोप्ने वा शक्तिपीठमैं पनि जमरा रोप्न लगाउने गरिन्छ। कतिपयले भने घरमैं जमरा नरोपेको अवस्थामा शक्तिपीठबाट जमरा ल्याउने गर्दछन् ।

नेपालको जमरा संस्कृति मौलिक संस्कृति हो । आजको दिनलाई जमरेऔंसी पनि भनिन्छ । जमराको नौंदिने जीवन चक्र आजबाट शुरु हुन्छ । जमरका बीज अंकुरण हुने समयावधि पनि नौं दिनकै हुन्छ । बडा दशैं अर्थात बिजया दशमीको दिन यही जमरा टिपेर ठूलावडाको आर्शीवाद सहित निधारमा टीका लगाइने गरिन्छ । यसरी शीरमा जमरा सिउरिएर टीका लगाई दशैं मान्न जानेहरुको लर्को देख्दा मनै आनन्दित हुने गर्दछ भने हर्ष उल्लासको वातावरण पनि छाउने गर्दछ ।


जौ अति महत्वपूर्ण वनस्पति हो । जंगली यूगको अन्त्यपछि खेतबारीमा जौ छर्ने ,जौको बाली लगाउने चलन चलेको पाइन्छ । जौ पौष्टिकताले भरिपूर्ण हुन्छ । जौका विविध खाद्यसामग्रीहरु आधुनिक युगमा पनि नपाइएको होइन । जमरा संस्कृतिले हामीलाई वनस्पतिसँगको नजीकको सम्बन्ध पनि देखाउँछ । यसले नेपाल कृषि प्रधान देश हो भनेर सांकेतिक रुपमा पनि जनाउँछ । दशैंको बेलामा अफन्तजनको भेला भई एकापसमा रमाइलो गरी मनाइन्छ । अन्य बेलामा भन्दा यस बेलामा क्रय शक्ति बढी हुने भएकोले मीठा मसिना पदार्थ खाने, नयाँ लुगा किन्ने गरिन्छ भने कतिपयले यसैबेलामा सुन,चाँदी, गाडी किन्ने काम पनि गर्दछन् । त्यसैले त विभिन्न सामानका विक्रेताहरुले दशैंमुखी विभिन्न योजनाहरु धमाधम सार्वजनिक गर्दै आएको पाइन्छ ।


आयो दशैं ढोल बजाई,गयो दशैं ऋण बोकाइ’ भन्ने चलन पनि नेपाली समाजमा नचलेको होइन किनकि गरीबीका रेखा मुनि रहेका नेपालीहरुका लागि चल्न जानिएन भने दशैं दशा नै हो । तिनीहरुले ऋण नलिई आफ्नो क्षमता अनुसार दशैं नमनाए उपर्युक्त भनाइ साँचो हुन पुग्दछ । त्यसैले आ –आफ्नो गच्छे अनुसार दशैं मनाऔं, बढी तडक भडक देखाउने काम नगरौं । घटस्थापनाको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

 

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]