खेलकुद

    Showing 101-110 of 127 items.
  • क्रोएसिया क्वार्टरफाइनलमा

    काठमाडौँ । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा पुगेको छ । सोमबार राति कतारको अल जनौब रङ्गशालामा भएको प्रि–क्वार्टरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।खेलको ४३ औं मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औं मिनेटमा क्रोएसियाका लागि इभान पेसिसिकले गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको टुङ्गो टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसिया

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 142 पटक पढिएको
    • नेपाल रेखा
  • स्विट्जरल्याण्ड विजयी

    काठमाडौँ । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो ।स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ ।समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ । त्यसैगरी समूह एच मा आजै उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक–एक अङ्क जोडेका छन् । साथै, बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो ।बेल्जियम

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 374 पटक पढिएको
    • नेपाल रेखा
  • फ्रान्स विजयी

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ ।दोहास्थित अल जानुब स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे ।यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।तर खेलको २७ औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२ औँ

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘सि’मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 143 पटक पढिएको
    • नेपाल रेखा
  • नेदरल्यान्ड्सले सेनेगललाई २ गोलले हरायो

    काठमाडौं । नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सुखद सुरुवात गरेको छ । अल थुममा रङ्गशाला सोमबार राति भएको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलले हरायो ।नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको नेदरल्यान्ड्सका लागि ८४ औँ मिनेटमा गाक्पोको गोलका अग्रता लियो । गाक्पोले फ्रांक डी जोङको लामो पासमा हेड गोल गरेबम थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेभि क्लासेन रिवाउन्डमा गोल गर्दै टोलीलाई जिताए । मेम्फिस डिपायको सुरुवाती प्रहार विपक्षी गोलरक्षकले फर्काएको बललाई क्लासेनले सोझै जाली चुमाए । प्रतिस्पर्धात्

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • इङग्ल्यान्डको सानदार अग्रता

    काठमाडौँ । फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत सोमबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा इङग्ल्यान्डले इरानलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ । कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इङग्ल्यान्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । विश्वकपको उपाधि दाबेदार मानिएको इङग्ल्यान्डले खेलको पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा पनि समान तीन गोल नै थप्यो । इङग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल थपे । इरानका लागि भने मेहद

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 125 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप फुटबल–तीन खेल हुँदै

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हँुदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । उक्त खेल राति ९ः४

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 342 पटक पढिएको
    • नेपाल रेखा
  • विश्वकप फुटबल प्रतियोगिता आजदेखि

    काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेडर र सेनेगल छ

    • प्रकाशित मितिः मंसिर ४, २०७९
    • 330 पटक पढिएको
    • नेपाल रेखा
  • साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

    काठमाडौँ।बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४ औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।त्यसपछि खेलको ८९औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 254 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]