अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

  • मंसिर ६, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘सि’मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।
कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन ।
पहिलो हाफमा १–० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो ।
खेलको ४९ औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २–१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै साउदीले तीन अङ्क जोडको छ ।

अमेरिका र वेल्सको बराबरी
साथै, कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेलमा वेल्सले अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिए । प्रतिस्पर्धात्मक खेलमा अमेरिकाका लागि टिमोथी वेहले गोल गरे । वेल्सका ग्यारेथ बेलले बराबरी गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता अमेरिकाले सुरुवाती लिएको थियो । टिमोथी वेहले ३६ औँ मिनेटमा गोल गर्दै अमेरिकाको उत्साह जगाएका थिए ।
त्यसपछि वेल्सले ८२ औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । डिबक्सभित्र अमेरिकाका जिमरमनले ग्यारेथ बेललाई फल हानेपछि वेल्सले पेनाल्टीको अवसर पाएको थियो । जसलाई बेलले सही सदुपयोग गरे ।
बराबरीसँगै अमेरिका र वेल्सले एक एक अङ्क बनाएका छन् । तीन अङ्क बनाएको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा छ । सोमबार नै भएको समूहको पहिलो खेलमा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोलले स्तब्ध बनाएको थियो ।

Bel-01

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]