नेदरल्यान्ड्सले सेनेगललाई २ गोलले हरायो

  • मंसिर ६, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सुखद सुरुवात गरेको छ । अल थुममा रङ्गशाला सोमबार राति भएको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलले हरायो ।
नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको नेदरल्यान्ड्सका लागि ८४ औँ मिनेटमा गाक्पोको गोलका अग्रता लियो । गाक्पोले फ्रांक डी जोङको लामो पासमा हेड गोल गरेबम थिए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेभि क्लासेन रिवाउन्डमा गोल गर्दै टोलीलाई जिताए । मेम्फिस डिपायको सुरुवाती प्रहार विपक्षी गोलरक्षकले फर्काएको बललाई क्लासेनले सोझै जाली चुमाए ।
प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर गुमाएका थिए । दोस्रो हाफमा सेनेगलले लय गुमाउँदा अन्तिममा नेदरल्यान्ड्सले बाजी मारेको हो ।
जितसँगै नेदरल्यान्ड्सले तीन अङ्क बनाएको छ । यस समूहमा इक्वेडरको पनि तीन अङ्क छ । इक्वेडरले पहिलो खेलमा आयोजक कतारलाई २–० गोलले नै स्तब्ध बनाएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]