कृषि

    Showing 51-60 of 207 items.
  • मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

    काठमाडौँ । मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको हो ।कार्यक्रमका सहभागीले मधेससहित मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा पनि खडेरीका कारण रोपाइँमा समस्या हुँदै आएकाले मौसम अनुकूल कृषिबाली लगाउनुपर्नेमा जोड दिनुभएको हो ।मौसममा आएको परिवर्तनका कारण खाद्यसुरक्षा जोखिम बढ्ने आँकलनकाबीच सुक्खास्थान अनुकूल खेती गर्नुपर्ने कृषिविज्ञ डा कृष्ण

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 333 पटक पढिएको
    • नेपाल रेखा
  • परम्परागत घट्टबाट अर्गानिक पिठो उत्पादन गर्दै उपभोक्तामा पुर्याइरहेको छु – कृष्णप्रसाद सुबेदी

    देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर हजारौँ युवा विदेशिन थालेको यो समयमा मकवानपुरका कृष्णप्रसाद सुबेदीले भने परम्परागत प्रविधिलाई आत्मसात् गर्दै स्वदेशमै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन् । हेटौंडा उपमहानगरपालिका–५ का ४० वर्षीय युवा सुबेदीले स्थानीय अर्गानिक अन्नलाई प्रवद्र्धन गर्दै घट्ट प्रविधिबाट कोदो, फापर र मकैको पिठो उत्पादन गर्ने ‘बुद्धभूमी खाद्य उद्योग’ स्थापना गरेका छन् ।बजारमा गुणस्तरहिन, विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोग र स्वास्थ्यमा परिरहेको प्रतिकूल असर देखेर उनले ‘स्वस्थ जीवनशैली’ को लागि विकल्प खोज्दै यो यात्राको थालनी गरेका हुन् ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 623 पटक पढिएको
    • नेपाल रेखा
  • पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

    तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१–८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप २९ लाख ९० हजार अनुदान दिएको हो । केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत १० हजारका दरले अनुदान वितरण गरिएको हो । अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए । कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो । त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटे

    • प्रकाशित मितिः असार २७, २०८२
    • 471 पटक पढिएको
    • नेपाल रेखा
  • मेवा बिक्रीबाट आम्दानी गर्दैै सहकारी

    दाङ । यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएकोे छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ । सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रूपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताउनुभयो । सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार र पाकेको फल बिक्री गरेर दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताउनुभयो । मेवा बिक्रीबाट आएक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 416 पटक पढिएको
    • नेपाल रेखा
  • शहीदको घर, जनताको खेत – वास्तवमै मनाइयो राष्ट्र धान दिवस

    आज असार १५ राष्ट्रिय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२ औं राष्ट्रिय धान दिवस मनाइँदै थियो । कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंग मंच थियो । तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिएन–त्यो एक इतिहासिक, त्यागप्रति श्रद्धाञ्जली, सहिद प्रति उच्च समान, सामाजिक उत्तरदायित्वको गहन जिम्मेवारी, माटो पसिना सँगै राष्ट्र प्रेमको मूर्त अभिव्यक्तिको पाठशाला थियो र त्यो जनताको पक्षमा उभिएको एक विद्यालय र विश्वविद्यालयको कोर्समा राखेर अध्ययन गराउनै पर्ने बिषयवस्तु थियो ।आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • 358 पटक पढिएको
    • नेपाल रेखा
  • देशभर धमाधम रोपाइँ हुदै

    काठमाडौँ । समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ । यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ

    • प्रकाशित मितिः असार १४, २०८२
    • 370 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

    सुनसरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०–८१ को तुलनामा आव २०८१–८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ । आव २०८०–८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१–८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन् । उहाँले भन्नुभयो, “किसानले हाल रामपुर हाइब्रिड १०, पार्नियर ३३ र ५३, पार्नियर ३५ जस्ता उन्नत ज

    • प्रकाशित मितिः असार ६, २०८२
    • 304 पटक पढिएको
    • नेपाल रेखा
  • चैते धानको उचित मूल्यका लागि पहल गरिने

    काठमाडौँ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्यव्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो । चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्यव्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्नसक्ने अवस्था, भण्डारण क्षमतालगायत विषयमा छलफल भएको कृषिमन्त्रीका प्रेस सल्लाहकार प्रवीण पोखरेलले जान

    • प्रकाशित मितिः असार ३, २०८२
    • 343 पटक पढिएको
    • नेपाल रेखा
  • ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

    झापा । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताउनुभयो । धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । “लहलह धानका बाला झुल्न थालेको थियो,” एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भन्नुभयो, “एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो ।” उहाँले हाल सुकिसकेको धानको बो

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 423 पटक पढिएको
    • नेपाल रेखा
  • जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

    जुम्ला । यही वैशाख १७ गते राति परेको असिनासहित परेको पानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताउनुभयो । जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क स

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 355 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]