शहीदको घर, जनताको खेत – वास्तवमै मनाइयो राष्ट्र धान दिवस ‘पसिना शहीदको घरमा, गमलाको ‘शो’ होइन – कानेपोखरीमा वास्तविक राष्ट्रधान दिवस

  • असार १५, २०८२ / नेपाल रेखा
alt

आज असार १५ राष्ट्रिय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२ औं राष्ट्रिय धान दिवस मनाइँदै थियो । कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंग मंच थियो ।
तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिएन–त्यो एक इतिहासिक, त्यागप्रति श्रद्धाञ्जली, सहिद प्रति उच्च समान, सामाजिक उत्तरदायित्वको गहन जिम्मेवारी, माटो पसिना सँगै राष्ट्र प्रेमको मूर्त अभिव्यक्तिको पाठशाला थियो र त्यो जनताको पक्षमा उभिएको एक विद्यालय र विश्वविद्यालयको कोर्समा राखेर अध्ययन गराउनै पर्ने बिषयवस्तु थियो ।
आज त्यही माटोमा, जहाँ जनयुद्धका अमर शहीद सुनिल धिमालले रगत बगाएका थिए, त्यही खेतमा, उनका आमाबुबाको अगाडि, नेताहरूले खुट्टा घोप्ट्याएर पसिना बगाए। गह्रामा बीउ रोपियो, तर त्यो केवल धानको बिउ थिएन—त्यो जनताको विश्वासको बीउ थियो, त्यो शहीदका सपनाको पुनःस्मरण थियो ।
“गमलाको होइन, गह्राको धान दिवस” साचै हेर्न र कार्यमा सहभागिता हुन् निक्कै उत्साह थियो । कार्यक्रमको आयोजना नेकपा (माओवादी केन्द्र) कानेपोखरी–४ ले गरेको थियो । १६ कट्ठा खेतमा धान रोपिँदा, त्यस खेतले एक स्वरमा गहिरो सन्देश दिइरहेको दियो–राष्ट्र धान दिवसको सार ‘गमलामा’ होइन, माटोमा छ । नेता वा सरकारको दृश्य नाटकमा होइन, किसानको पसिनामा छ ।
रास्ट्र धान दिवस हैन रोपाईको मुख्य अतिथि नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा प्रदेश १ की प्रमुख सचेतक माननीय गीता तिम्सिना (अनु) ले भनिन् ।
“सरकारका प्रतिनिधिहरू गमलामा धान रोप्छन्, हामीले सहिद परिवारको माटोमा पसिना बगाएका छौं । यही हो सहिदप्रति साँचो सम्मान र राष्ट्रप्रेम ।”
राष्ट्र धान रोपाईमा उपस्थित प्रदेश १ का जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य कमरेड खुल्लु राजबंसीले भावुक हुँदै भने, “शहीदको घरमा पुगेर खेतमा पसिना बगाउनु, त्यो राजनीति होइन, त्यो जिम्मेवारी हो । आज हामीले त्यो जिम्मेवारी पूरा गरेका छौं ।”
राष्ट्र धान रोपाईमा उपस्थित गाउं कमिटी पूर्व सह–इन्चार्ज भोजवीर माझीले गम्भीर बन्दै भने, “शहीद सुनिलले रगतले सिँचेको माटोमा आज हामीले पसिना बगाएर बिउ रोप्यौं। यो केवल खेती होइन, शहीदको सपना साकार गर्ने अभियान हो ।”
राष्ट्र धान रोपाईमा उपस्थित वाईसीएल नेपालका अध्यक्ष बिसुराज राईले थपे, “राजनीति त्यतिखेर अर्थपूर्ण हुन्छ जब जनताको आँगनमा पसिना बग्छ । आज हामी शहीदको घरमा धान रोप्न आएको छु–यही हो हाम्रो कर्तव्य र निष्ठा ।”
कार्यक्रममा शहीद सुनिल धिमालका आमाबुबालाई सार्वजनिकरूपमा सम्मान गरियो । बीउ, मल र सामग्री हस्तान्तरण गर्दै जब कम्युनिष्ट नेताहरू माटोमा झुकेर खेत रोप्न थाले, त्यतिबेला आमाबुबा भावुक हुँदै भने– “छोराले रगत बगाएको माटोमा आज कमरेडहरूले पसिना बगाउनु भयो। हामीलाई छोरा फर्किएजस्तै लाग्यो। यस्तो कार्यक्रम निरन्तर भयो भने माओवादीले कानेपोखरीमा चुनाव सजिलै जित्छ भन्ने लागेको छ। अग्रिम शुभकामना दिन चाहन्छौं ।” यो भनाइले उपस्थित सबैलाई स्तब्ध तुल्यायो। त्यो केवल आशीर्वाद थिएन–त्यो जनताको मन जित्ने सन्देश थियो ।
धान रोपाईको आयोजक पार्टी वडा अध्यक्ष चुडामणि भारती ले भने, “हामी भुइँ मान्छेका सपना बोकेर हिँड्नेहरू हौं । आज त्यही भुइँमै आफ्नो पाइला राखेर भविष्य रोप्यौं ।”
कार्यक्रममा प्रदेश सदस्य साबित्रा आछामी, महिला नेतृ बबिता गुरागाई, माओवादी केन्द्र कानेपोखारीका पूर्व अध्यक्ष मनोज राजबंसी, उपाध्यक्ष गोबिन्द अधिकारी, भूपेन्द्र सुब्बा, वडा २ का अध्यक्ष बमबहादुर राजबंसी, वाईसीएल अध्यक्ष बिसुराज राई, मंगोल अर्गनाइजेसनका युराराज घले लगायत ६० भन्दा बढी कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्तिममा गाउं कमिटी उपाध्यक्ष गोबिन्द अधिकारीले भावनात्मक शब्दमा कार्यक्रमको सार यस्तो बताए ।
“जसको छोराले राष्ट्रका लागि रगत बगायो, उसको खेतमा पसिना बगाउनु केवल कार्यक्रम होइन–यो श्रद्धाञ्जली हो ।”
धान रोपाई कार्यक्रममा सक्रिय माओवादी केन्द्रका पुर्ब गाउ कमिटी अध्यक्ष मनोज राजवंसीले माओबादी भनेकै जनताको सुख दुखको पार्टी हो, जहा जनताको काम माओवादी तेही भने भब बोकेर हिडेका जनताका सारथी हौ भन्दै भने– “शहीदको सपना टेबलमा लेखिएको घोषणापत्रमा मात्र होइन, गह्रामा पसिना बगाएर जीवन्त बनाइन्छ। हामीले शहीद सुनिलको माटोमा केवल धान रोपेनौं–हामीले जनविश्वास रोप्यौं, आगामी पुस्ताका लागि प्रेरणा रोप्यौं ।”
असली धान दिवस त त्यो हो जहाँ ः
–किसानको खुट्टा घोप्टिन्छ,
– घामले पोल्छ, पानीले भिजाउँछ,
–एक मुठी बिउमा वर्षभर किशानको जीवन देखिन्छ ।
निष्कर्षमा—
– गमलाको धान देखावटी हो, गह्राको धान साँचो राष्ट्रप्रेम हो ।
– शहीद सम्झिँदा भाषण होइन, खेतमा बीउ रोप्नुपर्छ ।
– राष्ट्र दिवस जनताको माटोमै, पसिनामै मनाइनुपर्छ ।
आज कानेपोखरी–४ मा भएको यो कार्यक्रम केवल स्थानीय कार्यक्रम होइन—यो जनपक्षीय राजनीतिक संस्कारको एउटा ‘कोर्सबुक’ हो, यसको मुख्य संदेश भने को “राष्ट्र बनाउने काम भाषण होइन, हिलो छाम्न सक्ने नेतृत्व हो ।’ यति गरे मात्रै सम्बृद नेपाल शुखी नेपाली भन्ने नारा ब्याबाहरमा लागु हुनेछ ।
अधिकारी– बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन् ।

सिमरा सेजको चार सय न ...

वीरगञ्ज । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिक ...

ट्राफिक नियम उल्लङ्घ ...

काठमाडौँ । के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रह ...

नेपालका प्रजनन स्वास ...

काठमाडौँ । अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको वि ...

स्वयम्भूनाथमा भक्तजन ...

२५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्व ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]