जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

  • वैशाख २३, २०८२ / नेपाल रेखा
alt

जुम्ला । यही वैशाख १७ गते राति परेको असिनासहित परेको पानीले यहाँको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताउनुभयो ।
जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयले जनाएको छ ।
असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ । किसान नुर्बु लामाले लामाले भन्नुभयो, “गत वर्ष स्याउबाट आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।” प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।
स्याउलगायत जौँ, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बिमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताउनुभयो । गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताउनुभयो । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौँ, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौँ र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]