कृषि

    Showing 41-50 of 207 items.
  • कोशी प्रदेशमा पशुपालन असल अभ्यास प्रमाणीकरणसम्बन्धी प्रादेशिक अन्तरक्रिया सम्पन्न

    इटहरी । सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा ‘पशुपालन असल अभ्यास प्रमाणीकरणसम्बन्धी प्रादेशिक अन्तरक्रिया कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, हरिहर भवनको आयोजनामा गरिएको कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्राविधिक तथा कोशी प्रदेशका अगुवा वंगुरपालक कृषकको उल्लेखनीय उपस्थिति रहेको थियो ।अन्तरक्रिया कार्यक्रम कार्यालयका प्रमुख डा. चन्द्र ढकालको अध्यक्षतामा तथा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा.आभास पौडेलले असल पशुपालन अभ्यास तथा प्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 418 पटक पढिएको
    • नेपाल रेखा
  • लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ ।दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आउनुभएको छ । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उहाँले भन्नुभयो, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 493 पटक पढिएको
    • नेपाल रेखा
  • बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

    भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फँुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । &ldqu

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 408 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वीनाका काँकरभिट्टाबाट एक महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

    भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा छ करोड १० लाख, बन्दा चा

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 469 पटक पढिएको
    • नेपाल रेखा
  • बारामा सतप्रतिशत धान रोपाइँ

    बारा । बारा जिल्लामा चालु आर्थिक यस वर्षमा सतप्रतिशत वर्षे रोपाइँ भएको छ । यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो । पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि सतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायत जातका धान रोपिएका छन् ।पटकपठक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती स

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 401 पटक पढिएको
    • नेपाल रेखा
  • काभ्रेको भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले विसं २०७१ जेठ

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 352 पटक पढिएको
    • नेपाल रेखा
  • घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले

    चितवन । पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो ।रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो। उहाँले भन्नुभयो, “मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन् ।” अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उहाँले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताउनुभयो ।मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार रिमालको फार्ममा रहेका

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 399 पटक पढिएको
    • नेपाल रेखा
  • जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

    पर्वत । रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो । सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधि

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 416 पटक पढिएको
    • नेपाल रेखा
  • लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

    महोत्तरी । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उहाँहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो ।“अबचाहिँ रोपो मरोइन, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ”, भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भन्नुभयो, “पछिल्ला तीन दिनको वर्षाले रोपोलाई निकै राहत मिल्यो ।” यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किस

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 284 पटक पढिएको
    • नेपाल रेखा
  • लम्पीले स्किनले कोशी आक्रान्त, सांसद सपना परियारले गराइन् सरकारको ध्यानकर्षण

    विराटनगर । कोशी प्रदेशभर तीव्र गतिमा फैलिएको लम्पी स्किन रोगकाकारण हजारौं गाईभैंसी सङ्क्रमित हुँदा कृषकहरूको जीवनयापन संकटमा परेको छ । यही विषयमा प्रदेशसभा बैठकमा सांसद सपना परियारले सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार बसेको बैठकमा सांसद परियारले रोग नियन्त्रणमा सरकारको ढिलासुस्तीप्रति पशुपालक किसानमा असन्तुष्टि बढेको भन्दै तत्काल प्रभावकारी खोप अभियान सञ्चालन गर्न माग गरिन् । ‘कृषक र पशुपालक हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्,’उनले भनिन्, ‘लम्पी स्किन रोगलाई संकटको रूपमा बुझी तत्काल कार्ययोजना ल्याइनुपर्छ ।’उनको भनाइमा, खोप अभियान थालिएको भए पनि अधिकांश पालिकामा खोप

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 535 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]