बारामा सतप्रतिशत धान रोपाइँ

  • भदौ ११, २०८२ / नेपाल रेखा
alt

बारा । बारा जिल्लामा चालु आर्थिक यस वर्षमा सतप्रतिशत वर्षे रोपाइँ भएको छ । यसवर्ष कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो ।
पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि सतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायत जातका धान रोपिएका छन् ।
पटकपठक परेको वर्षाका कारण धानको रोपोमा सुधार भई खेती सप्रिएकाले उत्पादनमा कमी नहुने केन्द्रका अर्थविज्ञ गणेश महराले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]