जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

  • साउन २३, २०८२ / नेपाल रेखा
alt

पर्वत । रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ ।
यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो ।
सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ ।
हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताउनुभयो । उहाँले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताउनुभयो । अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ ।
स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताउनुभयो ।
गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो । कृषकहरूलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीयतहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।

सडककाे दुरावस्था ...

केही दिनदेखिकाे वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिका- ...

पुलको ड्याम पुर्ननिर ...

कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली ...

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]