कोशी प्रदेशमा पशुपालन असल अभ्यास प्रमाणीकरणसम्बन्धी प्रादेशिक अन्तरक्रिया सम्पन्न

  • कार्तिक २८, २०८२ / नेपाल रेखा
alt

इटहरी । सुनसरीको तरहरास्थित कृषि अनुसन्धान निर्देशनालयको सभाहलमा ‘पशुपालन असल अभ्यास प्रमाणीकरणसम्बन्धी प्रादेशिक अन्तरक्रिया कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, हरिहर भवनको आयोजनामा गरिएको कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्राविधिक तथा कोशी प्रदेशका अगुवा वंगुरपालक कृषकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम कार्यालयका प्रमुख डा. चन्द्र ढकालको अध्यक्षतामा तथा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा.आभास पौडेलले असल पशुपालन अभ्यास तथा प्रमाणीकरण प्रक्रियाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा वक्ताहरुले पशु स्वास्थ्य व्यवस्थापन, उचित पालन–पोषण, मानव तथा पशुको कल्याण, फार्म अभिलेखिकरण, दुध तथा मासु उत्पादनका पूर्वतयारीदेखि वैज्ञानिक व्यवस्थापनसम्मका मापदण्डहरू पालना गरे पशुजन्य उत्पादन स्वच्छ, विश्वसनीय र निर्यातयोग्य बन्नेमा जोड दिए ।
कार्यक्रममा निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेका कृषकलाई प्राविधिक परीक्षणपछि प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको जानकारी पनि दिइयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७८–१०–१६ मा मन्त्रीस्तरबाट स्वीकृत गरेको ‘असल पशुपालन अभ्यास निर्देशिका’ अझै प्रभावकारी रूपमा कार्यान्वयनमा नआएको विषय पनि कार्यक्रममा छलफलको भयो ।
संघीय संरचनामा प्रवेश गरेको लामो समय बितिसक्दा पनि तीन तहका सरकारबीच आवश्यक समन्वय नहुँदा निर्देशिका व्यवहारमा लागू नहुनु कृषकका लागि प्रमुख चुनौती रहेको सहभागीहरूले बताए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी वंगुरपालक कृषकहरूले वर्षौंदेखि वंगुरपालन गर्दै आएका कृषकका कृषि क्षेत्रमा पर्ने जग्गा स्थानीय तहले अन्य प्रयोजनमा वर्गीकृत गर्दा व्यवसाय नै विस्थापित हुने अवस्था बनेको गुनासो गरे ।
चीन, भियतनामलगायत देशमा बंगुरको मासु निर्यात गर्ने सम्भावना वा भित्री बजारमै गुणस्तरीय मासु आपूर्ति गर्ने उद्देश्य तीन तह सरकारी समन्वय नहुँदा प्रभावकारी नबनेको उनीहरुको भनाइछ ।
साथै कृषकहरुले बजारमा उपलब्ध दानाको गुणस्तरअनुसार नियमन र मापदण्ड आवश्यक रहेको बताए ।
रोग–महामारीले प्रभावित वंगुर व्यवसायीलाई सहुलियतपूर्ण कर्जा, पुँजी विकासका कार्यक्रम, जैविक सुरक्षा पूर्वाधार र व्यवसाय प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने सुझाव किसानहरुको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]