प्रदेश

    Showing 81-90 of 136 items.
  • मोरङ–६ प्रदेश (१) बाट माओवादीका आचार्य विजयी

    गछीया । मोरङको क्षेत्र नं ६ प्रदेशसभा क्षेत्र (१) बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार आठ सय ८२ छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 125 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन उम्मेदवार विजयी

    भोजपुर । मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित भएका हुन् । नेकपा(एमाले)का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका हुन् । प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका जवेगु र आङ्बो विजयी

    फिदिम । पाँचथरको प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु विजयी भएका छन् । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले) का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष हुन् । यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार छ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाईँले एक हजार तीन सय २३, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले नौ सय ४१,

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 123 पटक पढिएको
    • नेपाल रेखा
  • उदयपुर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका मगर विजयी

    उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी भएका छन् । उनले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गरे । मगरले राईले भन्दा ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहे । जनता समाजवादी पार्टीका घनश्याम कटुव

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • चुनाव नजिकिएसंगै प्रदेशसभा उमेदवार सरस्वती पोखरेलले मतदाता भेटघाटलाई तिव्रता दिइन्

    इटहरी । उद्योग र मजदुरको सुरक्षा, उत्पादन प्रशोेधन र बजारीकरणको एजेण्डा लिएर लोकतान्त्रिक बाम गठबन्धनकी साझा उमेदवार सरस्वती पोखरेल (डाँगी) यति बेला मतदातासंगको छलफल र भेटघाटमा व्यस्त रहेकी छिन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकै गर्दा पोखरेलको व्यस्तता भनै बढेको हो ।पोखरेल प्रदेश १ सभाकी निवर्तमान उपसभामुख हुन् । उनलाई गठबन्धन भित्रको पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेशसभाको टिकट दिएर दिएर चुनावी मैदानमा पठाएको छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकबाट प्रदेशसभामा सुरक्षित भएकी थिइन् । यस पटक पार्टीले उनलाई प्र

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 532 पटक पढिएको
    • नेपाल रेखा
  • प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश १ सरकारको निर्णय

    विराटनगर । प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शय्याको पु¥याउने निर्णय गरेको छ । बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा असोज ५ गतेको निर्णय प्रचलित कानुनको दायराभित्र रही धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्वाइ वाक’का लागि आवश्यक जग्गा सट्टापट्ट

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 119 पटक पढिएको
    • नेपाल रेखा
  • उद्धार र राहतलाई प्राथमिकता

    सुनसरी । प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीको कटानले प्रभावितको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । प्रदेश नं १ विपद् व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने, नदी नियन्त्रण कार्यालयमार्फत तत्काल काम सुरु गर्ने, उद्धार तथा राहतमा प्रदेशस्तरीय विपत् व्यवस्थापन समिति, जिल्लास्तरीय विपत् व्यवस्थापन समिति र नगरस्तरीय

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • नाम परिवर्तन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय

    विराटनगर । प्रदेश नम्बर १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ ।आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीकाअनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ । यस

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशको नामकरण गर्दा हुनसक्ने सुरक्षा चुनौतीप्रति सजग रहन आग्रह

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीकाबारे सजग रहन पनि आग्रह गरे । प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उनले उल्लेख गरेका छन् । &lsquo

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 272 पटक पढिएको
    • नेपाल रेखा
  • मुख्यमन्त्री राई किरातकै पक्षमा अडिग

    दीपक कार्कीइटहरी । प्रदेश सभाको समयावधि सकिन पाँच महिना मात्र बांकी रहेको समयमा १ नम्बर प्रदेश सभाले प्रदेशको नाम नै नराखी यो अवधी सकिने आशंका बढिरहेको छ । मुलुक संघीयतामा गएसंगै ७ वटा प्रदेशमा विभाजन गरिएकोमा ६ वटा प्रदेशले नाम राखिसकेका छन् भने १ नम्बर प्रदेशले भने हालसम्म नाम जुराउन सकेको छैन । प्रदेश सभाको समयावधि सकिन लागेको समयमा नामकै लागि प्रदेश सभाको बैठक राख्ने तयारी भइरहेको छ । तर, सत्तामा रहेका गठवन्धनका दलहरु विचमै नामका विषयमा सहमति जुट्न सकेको छैन । संघीयता पछिको पहिलो प्रदेश सभाको समय सकिन थोरै महिना मात्र बांकी रहेको समयमा १ नम्बर प्रदेश सभाले हालसम्म नाम नै राख्न सकेको छैन ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 138 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]