उदयपुर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका मगर विजयी

  • मंसिर ७, २०७९ / नेपाल रेखा
alt

उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी भएका छन् ।
उनले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गरे । मगरले राईले भन्दा ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहे । जनता समाजवादी पार्टीका घनश्याम कटुवालले तीन सय ६६ मत ल्याए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]