मुख्यमन्त्री राई किरातकै पक्षमा अडिग

  • असार ३१, २०७९ / नेपाल रेखा
alt

दीपक कार्की
इटहरी । प्रदेश सभाको समयावधि सकिन पाँच महिना मात्र बांकी रहेको समयमा १ नम्बर प्रदेश सभाले प्रदेशको नाम नै नराखी यो अवधी सकिने आशंका बढिरहेको छ । मुलुक संघीयतामा गएसंगै ७ वटा प्रदेशमा विभाजन गरिएकोमा ६ वटा प्रदेशले नाम राखिसकेका छन् भने १ नम्बर प्रदेशले भने हालसम्म नाम जुराउन सकेको छैन । प्रदेश सभाको समयावधि सकिन लागेको समयमा नामकै लागि प्रदेश सभाको बैठक राख्ने तयारी भइरहेको छ । तर, सत्तामा रहेका गठवन्धनका दलहरु विचमै नामका विषयमा सहमति जुट्न सकेको छैन ।
संघीयता पछिको पहिलो प्रदेश सभाको समय सकिन थोरै महिना मात्र बांकी रहेको समयमा १ नम्बर प्रदेश सभाले हालसम्म नाम नै राख्न सकेको छैन । नामका विषयमा दलहरुविच सहमति जुट्न नसक्दा प्रदेशको नामका विषयको अन्यौल कायमै रहेको छ ।
सरकारमा रहेको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले सप्तकोसी नाम प्रस्ताव गरेको छ । सरकारको नेतृत्व गरेका मुख्य मन्त्री राजेन्द्र राई भने पहिचानको विकल्पमा आफू नभएको अझै दाबी गरिरहेका छन् । सुनसरीको इटहरीमा आयोजित एक प्रदेश एक सांस्कृतिक कार्यक्रमको समापनका प्रमुख अतिथिसमेत रहेका राईले आफू किराँतको पक्षमा अझै अडिग रहेको बताएका हुन् । उनले आफुहरुले मान्दै आएको देवीदेवताको कसम खादै मुख्य मन्त्री, दल त्याग्नु परेपनि आफु त्याग्न तयार रहेको तर नामका सवालमा पहिचानकै पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
संघीय सरकारको आर्थिक सहयोग तथा १ नम्बर प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा किराँत समुदायसंग आवद्ध राई लिम्बू, याख्या र सुनार जातिको संयुक्त संयोजन रहेको कार्यक्रमको समापन समारोहलाई मुख्य मन्त्री राई सम्बोधन गरेका थिए । दुई दिनसम्म चलेको सो कार्यक्रमा किराँत समुदायका बिभिन्न पक्षका विषयमा डा.तारामणी राई, प्रेम एक्तेन लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन जातिय झाँकी, भेषभुषा र खानाको प्रदर्शनी सहित कार्यक्रम समापन गरियो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]