प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश १ सरकारको निर्णय

  • असोज ७, २०७९ / नेपाल रेखा
alt

विराटनगर । प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शय्याको पु¥याउने निर्णय गरेको छ । बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शय्याको बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा असोज ५ गतेको निर्णय प्रचलित कानुनको दायराभित्र रही धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्वाइ वाक’का लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।
बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेशअन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ‘ब्राण्डिङ’ गर्ने र प्रदेशको पर्यटन लोगो स्वीकृत गर्ने र पर्यटकीय गन्तव्यस्थल तोक्ने विषय मन्त्रिस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री घिमिरेले जानकारी दिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]