चुनाव नजिकिएसंगै प्रदेशसभा उमेदवार सरस्वती पोखरेलले मतदाता भेटघाटलाई तिव्रता दिइन्

  • कार्तिक २०, २०७९ / नेपाल रेखा
alt

इटहरी । उद्योग र मजदुरको सुरक्षा, उत्पादन प्रशोेधन र बजारीकरणको एजेण्डा लिएर लोकतान्त्रिक बाम गठबन्धनकी साझा उमेदवार सरस्वती पोखरेल (डाँगी) यति बेला मतदातासंगको छलफल र भेटघाटमा व्यस्त रहेकी छिन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकै गर्दा पोखरेलको व्यस्तता भनै बढेको हो ।
पोखरेल प्रदेश १ सभाकी निवर्तमान उपसभामुख हुन् । उनलाई गठबन्धन भित्रको पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेशसभाको टिकट दिएर दिएर चुनावी मैदानमा पठाएको छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकबाट प्रदेशसभामा सुरक्षित भएकी थिइन् । यस पटक पार्टीले उनलाई प्रत्यक्ष उमेदवार बनाएर सुनसरी–३ को प्रदेशसभा क्षेत्र १ मा पठाएको हो ।
प्रतिनिधिसभामा भने सुनसरी क्षेत्र नं. ३ बाट विजयकुमार गच्छदारलाई पुनः चुनावी मैदानमा पठाइएको छ । गच्छदार २०४८ देखिका हरेक चुनाव जितेर सत्ता र शक्तिमा रहदै आएका व्यक्तित्व हुन् । उनले २०४८, २०५१, २०५६ र २०७४ मा कांग्रेसबाट चुनाव जितेका छन् । उनले २०६४ को पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट जितेका थिए । साथै २०७० मा पनि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गच्छदारले जित निकालेका थिए ।
चुनावी मैदानमा होमिएकी पोखरेलले शिक्षा, स्वास्थ्य, खेलकुद पूर्वाधार विकास र बाढी नियन्त्रण सुशासन र कला संस्कृतिको संरक्षणलाई पनि प्राथमिकतामा राखेकी छन् ।
मतदाता भेटघाटकै क्रममा दुहबी–२ को शिखर टोलका स्थानीयवासीसँग सरस्वती पोखरेल (डाँगी) ले लोकतान्त्रिक बाम गठबन्धनलाई मत मागेकी छन् । घरदैलो गर्दै हिंडेकी उनलाई दुहबी–४ मा एकादशी सांस्कृतिक कार्यक्रममा स्थानीयवासीले स्वागत गरेका थिए । त्यसैगरी दुहबी–७ चाँदबेलामा पनि उनले घरदैलो गरिसकेकी छन् त्यहाँ पनि उनलाई समाचकेवा पर्वको अवसरमा मतदाताहरुले स्वागत गरेका छन् ।
प्रदेशसभा (१) कै गढी गाउपालिका–१ ट्याङ्गर टोलका मतदातासंग पनि उनले छलफल गरेकी छन् । गढीकै मधेलीमा पनि पोखरेलले घरदैलो गरिसकेकी छन् । मतदातासंग छलफल गर्दै उनले यस क्षेत्रमा कला र मौलिक संस्कृतिको जर्गेनाको निम्ति आफू लागि पर्ने बताइन् ।
त्यसैगरी, दुहबी–९ मतदाताहरुसंग पनि भेटघाट गरि सुझाव लिइएको छ । इटहरी–१०, ११, १२, १३, १४, १५ नम्बर वडामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारहरुले आ–आफ्ना पार्टीका नेता कार्यकर्तालाई एकीकृत परिचालन गर्दै मतदाताहरुसंग भेटघाट गरि मत मागेका छन् ।
प्रदेशसभा क्षेत्रको घरदैलोमा मतदाताको सहभागिता देखेर आफू उत्साहित भएको पोखरेलको भनाइछ । उमेदवारहरुका अघि पछि गठबन्धन दलका कार्यकर्ताको लावा लस्कर लागको यस क्षेत्रको चुनावी कामाण्ड गरिरहेका नेकपा (माओवादी केन्द्र) प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीको दाबी छ । उपाध्यक्ष डाँगीले भने–‘धेरै दलको गठबन्धन भएपनि हामीले कार्यकर्तालाई व्यवस्थितरुपले परिचालन गरेका छौं ।’ त्यसैगरी, गठबन्धमै आवद्ध नेकपा (एकीकृत समाजवादी) प्रदेश सभा निर्वाचन क्षेत्रीय कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको बताइएकोछ ।
मतदाताहरुसंगको छलफलमा पोखरेलले बढ्दै गएको नारी हिंसा, जातीय अपमान, चोरी, डकैती, गुण्डागर्दी, ठगी नियन्त्रण गरी समुदायको सुरक्षालाई सुदृढ बनाइने सवालमा आफू प्रतिबद्ध रहेको बताइन् । दलित, पिछडा वर्ग, हेपाई र बन्चितिमा परेका नारीको समस्या समाधान गर्न आफू उमेदवार भएर मैदानमा आएको उनको भनाइछ । अपांगता भएका र लैंगिक अल्पसंख्यकहरुको सुविधा र प्रतिष्ठामा आफ्नो विशेष ध्यानाकर्षण भएको पोखरेलको भनाइछ ।s 1 s 3 s 2 s 6 s 4 s 5 saraswati pokharel 1

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]